राप्रपा केन्द्रीय कार्यसमितिको बैठक शुरु
काठमाडौँ, १९ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको बैठक बानेश्वरस्थित अनमोल क्याटरिङमा आजदेखि शुरु भएको छ । बैठकले निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजयका कारणबारे समीक्षा गरिने र भावी कार्यनीतिबारे छलफल गरी नयाँ रणनीति निर्माण गरिने छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा शुर

२०७४ पुस १९ बुधबार, दिउँसो ३:३६ बजे१ मिनेट पढाइ

काठमाडौँ, १९ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको बैठक बानेश्वरस्थित अनमोल क्याटरिङमा आजदेखि शुरु भएको छ ।
बैठकले निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजयका कारणबारे समीक्षा गरिने र भावी कार्यनीतिबारे छलफल गरी नयाँ रणनीति निर्माण गरिने छ ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा शुरु भएको बैठकमा सहभागी सबै नेतालाई आगामी दिनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाकाबारे दृष्टिकोण राख्न आग्रह गरिएको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।
अध्यक्ष थापाले मुलुकमा विकास भएको राजनीतिक घटनाक्रमबारे सहभागीलाई जानकारी गराउँदै स्थानीय तहदेखि नै संगठन सुदृढीकरणका लागि वैचारिक छलफल गर्न केन्द्रीय सदस्यलाई आग्रह गर्नुभयो ।
बैठकमा पार्टीका १४० केन्द्रीय सदस्य सहभागी छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…