'तोहरे भरोसे बरहम बाबा झिझिया बनेलियै हो'
दशैंको उल्लाससँगै परम्परागत झिझिया गीतले तराई मधेशका जिल्लाहरु गुञ्जयमान भएका छन् ।

२०७६ असोज १७ शुक्रबार, बेलुकी ६:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तराईका जिल्लामा वडो धुमधामका साथ मनाइने झिझिया नाँच यति खेर तराई मधेशको वातावरण नै उल्लासमय भएको छ ।
विभिन्न सांस्कृतिक पर्वले धनी तराई मधेशका जिल्लाहरुमा झिझियाको ऐतिहासिक महत्व वडो गज्जवको छ । दशैंको उल्लाससँगै परम्परागत झिझिया गीतले तराई मधेशका जिल्लाहरु गुञ्जयमान भएका छन् ।
‘तोहरे भरोसे बरहम बाबा झिझिया बनेलियै हो, बरहम बाबा झिझिया पर होइयौ ने सवार, अबोधबा बालक तोहर किछियो ने जनैछौं हो’ लगायतका गीतले यतिबेला मन्त्रमुग्ध बनेका छन् तराई मधेश । झिझिया पर्व हिन्दु धर्म मान्ने किशोर–किशोरी तथा स–साना बाल–बालिकाहरुले हरेक बर्ष धुमधामका साथ मनाउने गरेका छन् ।
झिझिया पर्व तराईको मौलिक पर्वको रुपमा लिइन्छ र विशेष रुपमा यस पर्वमा ग्रामिण भेगका किशोर–किशोरी तथा स–साना बाल–बालिकाहरुले एक समूह बनाएर सामूहिक रुपमा झिझिया गीत गाउने तथा नृत्य गर्ने गर्दछन् । दशैंमा बोक्सीहरुको उपद्रोबाट आफ्नो परिवार तथा आफ्ना गाउँलाई जोगाउने मान्यता रहे अनुसार झिझिया पर्व मनाउने गरेको पाइएको हो ।
शिरमा रहेको घैलामा हजारौं प्वाल पारेर ढकनीमा गोइंँठा सल्काएर तथा दियो बालेर नाच्ने गदैछन् । गीत संङ्गित तथा तन्त्र मन्त्रको समिश्रण भनिने यो पर्व मध्य तराईको जिल्लाहरुमा धुमधामका साथ मनाउने गरिएको छ ।
विजया दशमीको घटस्थापना देखि नैं सुरु हुने यो झिझिया पर्व दशमीको दिन सम्पन्न हुने गर्दछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…