एसिड पीडित मुस्कानको लागि महानायक 'अमिताभ बच्चन' को पनि भिडियो सन्देश
बलिवुड स्टार अमिताभ बच्चनले पठाएको भिडियो सन्देशमा उनले स्वास्थ्य लाभको कामना गरेका छन् ।

२०७६ असोज १५ बुधबार, बेलुकी ५:१४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एसिड आक्रमणमा परेर घाइते भएकी बीरगँजकी मुस्कान खातुनलाई बलिउडका स्टारहरुले भिडियो मेसेज पठाउने क्रम जारी रहेको छ ।
गत साता मात्रै बलिवुड स्टार बरुण धवन र अभिनेत्री कृति सेननले मुस्कानको लागि भिडियो सन्देश पठाएका थिए भने बुधबार बलिवुड फिल्मका महानायक सुपरस्टार अमिताभ बच्चनले पनि भिडियो सन्देश पठाएका छन् । उनले भिडियो सन्देशमा स्वास्थ्य लाभको कामना गर्दै खातुनमाथि भएको घटना निन्दनीय भएको उल्लेख गरेका छन् ।
खातुनको उपचारमा सहयोग गरिरहेका उज्वल विक्रम थापा मार्फत अमिताभले भिडियो सन्देश पठाएको भिडियोमा उनले मुस्कानको अनुहार र नामको वर्णन समेत गरेका छन् । उनले भनेका छन्, - " मुस्कान हमे पत्ता चला की आप मेरे फिल्मे देखती है, मुस्कानका मतलब चेहरेपर हमेशा मुस्कान लाना होता है, और आप वही हो, आपके साथ जो हुवा वो बहोत बुरा हुवा है, दोषी जो कोई भी उसे कानुन सजा जरुर देगी, आप जल्दी से ठिक हो जाओ मै कामना करता हुँ ।"
अमिताभ बच्चनले पठाएको भिडियो सन्देश यस्तो छ :
तस्विर र भिडियो उज्वल थापाको फेसबुकबाट साभार
अमिताभको भिडियो सन्देश बुधबार ४ बजे कीर्तिपुर अस्पतालमा उपचारार्थ भर्ना भएकी मुस्कानलाई थापाले नै सुनाएका हुन । उपचाररत मुसकानको अवस्था विस्तारै निको हुँदै गएको छ । उनी राम्ररी हिडडुल गर्न सक्छिन भने उनको अनुहारको घाउ समेत निको हुन थालेको छ ।
बलिवुड स्टार अमिताभ बच्चनले पठाएको भिडियो सन्देशमा उनले स्वास्थ्य लाभको कामना गरेका छन् । बलिवुडका हस्तीहरुले मुस्कानको लागि दिएको भिडियो सन्देशले पनि मुस्कानको स्वास्थ्य अवस्थालाई झन बलियो बनाइरहेको देखिएको छ ।
प्रेम प्रस्ताव अस्विकार गरेपछि गत भदौमा दुई युवकले वीरगञ्जको गणेशमान सिंहचोकमा मुस्कान खातुनमाथि एसिड प्रहार गरेका थिए । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत खातुन वडा नं. २ छप्कैया निवासी रसुल अलीकी छोरी हुन् । मुस्कानको उपचारको लागि प्रदेश २ सरकारले ५ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ भने अन्य सहयोगी हातहरु समेत उनको सहयोगमा जुटेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…