मुख्यमन्त्री राउत भन्छन् , - 'नीति कानूनले मात्र बाल विवाह अन्त गर्न सकिदैन'
पछिल्लो एक वर्षमा प्रदेश भित्र भ्रुण हत्यामा व्यापक कमी आएको प्रतिवेदन

२०७६ असोज १५ बुधबार, दिउँसो ४:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले नीति कानूनले मात्र बाल विवाह अन्त गर्न नसकिने बताएका छन् ।
जनकपुरमा आज ९बुधबार० आयोजित प्रदेश स्तरीय बालविवाह अन्त्यका लागि नीतिगत सम्वाद कार्यक्रममा मुख्यमन्त्री राउतले समाजमा चेतनाको अभिवृद्धि नभए सम्म नीति कानून बनाएर मात्र वाल विवाह अन्त नहुने धारणा व्यक्त गरे । नीति कानून तँ धेरै पहिला देखी नै छन , तर बाल विवाह रोक्न सकिएको छैन, यस लाई रोक्न समाजिक चेतनाको अभिवृद्धि र छोरीलाई सक्षम बनाउनु पर्दछ ।’ - उनले भने ।
उहाँले छोरीहरुलाई शिक्षित र सक्षम बनाउनुका साथै नीति तथा कानून कार्यान्वयको पक्षलाई मजबुत बनाउने पर्ने आवश्यकता औल्याएं । ।
प्रदेश सरकारले छोरीलाई शिक्षित र सक्षम बनाउन बेटी पढाउ बेटी बचाऊ कार्यक्रम संचालनमा ल्याएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यसको प्रतिफल देखिन शुरु भई सकेको थपे ।
पछिल्लो एक वर्षमा प्रदेश भित्र भ्रुण हत्यामा व्यापक कमी आएको प्रतिवेदन सार्वजनिक भई सकेको उनको कथन थियो । प्याक नेपालका सुनिल यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…