महोत्तरीबाट ३२ खँसी प्रहरीले समाते
खुल्ला सीमाका कारण यस्ता प्रकारका गतिविधिहरु प्रायः निरन्तर भईरहन्छन् ।

२०७६ असोज १५ बुधबार, दिउँसो २:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । दशैंको लागि भनेर भारतबाट ल्याउँदै गरेको ३२ वटा खँसीबोका प्रहरीले नियन्त्रणमा लिएको छ ।
भन्सार छली गरेर भारतबाट अवैध रुपमा तस्करी गरी नेपाल ल्याउँदै गरेको अवस्थामा बोर्डरमै ३२ वटा खसीबोका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । महोत्तरी जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं ९ हेक्वा जलसागरले जलेश्वर नगरपालिका–५ स्थित नेपाल भारत सीमा नजिकैबाट तस्करी गरी ल्याइएका ३२ वटा खसीबोका नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताए।
मँगलबार राती वनको बाटो हुँदै भारतबाट नेपाल भित्र्याइएको ती खसीबोकालाई सीमा गस्तीमा खटेका सशस्त्र प्रहरी टोलीले देखेपछि उनीहरु ती खसीबोका छाडेर भागेपछि सशस्त्र प्रहरी टोलीले ती खसीबोका नियन्त्रणमा लिएको जनाइएको छ । सीमा नजिकैबाट नियन्त्रणमा लिइएका खसीबोका सशस्त्र प्रहरीले आवश्यक कारवाहीको लागि जिल्लाको मूल भन्सार कार्यालय मलिवारामा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताए।
दशैंको अवसर पारेर भारतबाट कम मूल्यमा खँसी बोका किनेर व्यापारीहरु काठमान्डौंसम्म पुरयाउने गरेको छ । सरकारले सीमापारीबाट ल्याएको खँसीमा समेत कर लगाएपनि उनीहरु लुकीछिपी भन्सार छलेर विभिन्न समयमा खँसीबोका पार गर्दै आएको छ । धनुषा र महोत्तरीको विभिन्न नाकाबाट खेतको बाटो भएर पनि भन्सार छली भईरहेको देखिएको छ । खुल्ला सीमाका कारण यस्ता प्रकारका गतिविधिहरु प्रायः निरन्तर भईरहन्छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…