जनकपुरमा प्रहरीको भ्यानसँग मोसा ठोक्कीदा एक युवक ठहरै !
यद्यपी, मोटरसाईकले ठोकेको वा प्रहरीको भ्यानले नै ठक्कर दिएको बारे पुष्टि हुन सकेको छैनन् ।
२०७६ असोज १५ बुधबार, बिहान ९:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा प्रहरीको भ्यानसँग मोटरसाईकल ठोक्किदा एक युवकको घटनास्थलमै मृत्यू भएको छ ।
आज (बुधबार) विहान करिब ८ः३० बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ भैरवचोक स्थित जिल्ला प्रहरी कार्यालय धनुषाको भ्यानसँग जुध्दा एक युवकको मृत्यू भएको हो । मृत्यू हुनेमा धनौजी गाउँपालिकाको वडा नं. २ धनौजी कटैया बस्ने अन्दाजी बर्ष १९ का मनिष मण्डलको मृत्यू भएको हो । यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषासँग सम्पर्क गर्दा सम्पर्क हुन सकेनन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ विद्यापति चोक स्थित स्थानीय नजुर अन्सारीको घरमा बस्दै आएका मण्डल अनटेष्ट (नम्बर प्लेट नभएको) पल्सर २२० सिसिको मोटरसाईकलमा सवार थिए । अन्सारी र मण्डल सवार उक्त मोटरसाईकललाई जिल्ला प्रहरी कार्यालय धनुषाको भ्यानसँग जुधेको थियो । प्रत्यक्षदर्शीका अनुसार दुई जना सवार मोटरसाईकल द्रुत गतिमा गुडाउँदै गर्दा अनयन्त्रित भएर दुर्घटना भएको हो ।
यता, तत्कालै उनलाई उपचारको लागि प्रहरीले आफ्नै भ्यानमा राखेर उपचारको लागि अञ्चल अस्पताल लगेपनि अस्पतालले तत्कालै उनलाई मृत घोषित गरेको थियो । रामचोकबाट भैरवचोक तर्फ जाने क्रममा दुर्घटना भएको बताइएको छ । सो दुर्घटनामा परी एक महिला समेत समान्य घाईते भएको बताइएको छ ।
उनीहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भईरहेको जनाईएको छ । यद्यपी, मोटरसाईकले ठोकेको वा प्रहरीको भ्यानले नै ठक्कर दिएको बारे पुष्टि हुन सकेको छैनन् । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
शंकर प्रसाद यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…