जनकपुरको धार्मिकतालाई मात्र जोडन सकिए लाखौं पयर्टक तानिन्छ : मुख्यमन्त्री राउत
अवको जिम्मेवारी प्रदेश सरकारको रहेको हुनाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता

२०७६ असोज १४ मंगलबार, बेलुकी ६:४२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री राउतले जनकपुरको धार्मिकतालाई ऐतिहासिक महत्वसँग जोडन सकिए लाखौं पर्यटक जनकपुर भित्रिने बताएका छन् ।
पर्यटकीय विकास समृद्धिको मुख्य आधार रहेको बताउँदै उनले जनकपुरको धार्मिकतालाई पोखराझैं ऐतिहासिक बनाउन सकिए धार्मिकताको हिसाबले पनि पर्यटक तान्ने सम्भावना प्रबल रहेको बताए । गण्डकी प्रदेशले शुरु गरेको आन्तरिक पर्यटन वर्षको प्रचार प्रसारको क्रममा जनकपुर आई पुगेको टोलीलाई सम्बोधन गदैृ मुख्यमन्त्री राउतले पर्यटन सम्पूर्ण आधार हामी कहाँ रहेपनि प्रचार प्रसारको आभावमा पर्यटन लाई ल्याउन नसकेको यथार्थलाई मनन गर्दै प्रदेश सरकारले पर्यटकीय विकासलाई प्राथमिकमा राखेर अघि बढेको बताए ।
मुख्यमन्त्री राउतले जनकपुरको धार्मिक ऐतिहासिक महत्व तथा पोखराको प्राकृतिक सौन्दर्यतालाई जोडन सक्यौ भन्ने लाखौ पर्यटकलाई तान्न सकिने बताउँद उनले यसका लागि जनकपुर पोखरा हवाई यात्रा तत्काल शुरु गर्नु पर्ने जीकीर गरे । विगतमा प्रचार प्रसार नभएकै कारण पर्यटनमा फडको मार्न नसकेको भएपनि अवको जिम्मेवारी प्रदेश सरकारको रहेको हुनाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाए ।

बाह्य पर्यटकले मात्र पर्यटकीय विकास सम्भव नरहेको उल्लेख गर्दै उनले आन्तरिक पर्यटनको प्रचार प्रसार समेत हुनु पर्नेमा जोड दिए । गण्डकी प्रदेशका उद्योग , पर्यटन , वन तथा वातावरण मन्त्री विकास लम्सालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेशका उद्योग , पर्यटन , वन तथा वातावरण मन्त्री राम नरेश राय, नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।
सो क्रममा मिथिला वाइल्ड लाईफ ट्रस्टका अध्यक्ष देव नारायण मण्डलले जनकपुर क्षेत्रको धार्मिक स्थल, ऐतिहासिक स्थलहरुको बारेमा सुझाएका थिए । उनले धनुषाधामलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न लगाइएको लगानी र प्रयासको बारेमा प्रकाश पार्दै जनकपुरको धार्मिक स्थलहरु सहित धनुषाधाम वनलाई समेत पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने बताए । उनले अतिथिहरुलाई स्वागत समेत गरेका थिए ।
गंगा सागरको डिलमा आयोजना गरिएको गण्डकी पर्यटन प्रवर्धन कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, पर्यटन व्यवसायी विजय झुनझुनवाला सहितको उपस्थिति रहेको थियो । सो क्रममा पोखराको सचित्र प्रदर्शनी समेत गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…