जनकपुरमा आज 'मैयाके दरबार' रिजिल हुँदै
पूर्ण भक्तिमा आधारित मैथिली भाषाको दुई वटा गीत समेटीएको छ ।

२०७६ असोज १३ सोमबार, दिउँसो १२:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । युवा गायक रञ्जित शर्माको नयाँ भक्ति गीत मैया के दरबार आज सार्वजनिक हुँदैछ ।
दशैंको अवसरमा हिन्दु धर्मावलम्बीहरुको आस्थाको रुपमा पूजन गरिने देवी दुर्गाको भक्ति गीत सार्वजनिक गर्न लागिएको हो । दर्जनौं गीति एल्बममा आफ्नो स्वर दिएका गायक रञ्जित शर्मा एवम गायिका इशिका भूजेलले यसपालीको नवरात्रीमा भक्ति गीत दर्शक माझ ल्याएका छन् । पूर्ण भक्तिमा आधारित मैथिली भाषाको दुई वटा गीत समेटीएको छ ।
विरेन्द्र कबिर पन्थी र सागर वीर कडारीको रचना रहेको सो गीतमा अभिषेक पाण्डेले सँगीत सजाएका छन् । गीतको भिडियो छायांकनको लागि चिरपरिचित कलाकार राजु सर्राफ, रबिन ठाकुर र पूजा ठाकुरले अभियन दिएका छन् । विभिन्न शक्तिपीठहरुको दृश्यांकन सहित पूर्ण भक्ति स्वर संगीतले यसपाली दशैंमा जनकपुर बजार भक्तिमय हुने विश्वास लिएको छ ।
रिदम स्टुडियोमा रेकर्डिंग गरिएको गीतलाई राजिप सङ्गम सम्पादन गरेका छन् भने निर्देशन दिनेश ठाकुरले गरेका छन् । आज सोमबार साँझ ५ बजे हिमानी म्यूजिक नामक युटुब च्यानल मार्फत डिजिटल विमोचन गर्ने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…