धनुषामा समुन्द्री माछा फेला, हेर्नेको भीड
अधिकांशले समुन्द्री ह्वेल माछा रहेको दावी गरिएको छ भने अनोठौ रुप रहेकोले हेर्नेको भिड् लागेको छ ।

२०७६ असोज १३ सोमबार, बिहान ११:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषाको सत्तोषरमा समुन्द्री माछा फेला परेको छ ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर नं. ९ सतोषरमा सोमबार विहान समुन्द्री माछा फेला परेको हो । करिब १३ केजी तौल भएको उक्त माछा शाखा नहरमा माछा मार्न जाँदा गाउंलेहरुले सो माछा फेला पारेको हो । जिउँदो अवस्थामा सुरक्षित राखिएको उक्त माछा हेर्न गाउं वरिपरिका सर्वसाधारणहरुको भिड् लागेको छ । धनुषाको सतोसर सडकदेखि एक किलो मिटर पश्चिममा रहेको सो गाउंको नहरमा उक्त माछा फेला परेको हो ।
अधिकांशले समुन्द्री ह्वेल माछा रहेको दावी गरिएको छ भने अनोठौ रुप रहेकोले हेर्नेको भिड् लागेको छ । माछाको स्वरुप हेर्दा समुन्द्री माछा क्याटफिस भएको हुन सक्ने अनुमान गरिएको छ । हालाकी त्यो माछाको यथार्थ नाम भने पुष्टि हुन सकेको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…