धनुषामा ट्याक्टर दुर्घटनामा परी एकको मृत्यू
मृत्यू हुनेमा मिथिला विहारी नगरपालिका ६ सिरसियाका ३० वर्षीय जोगना महरा रहेका छन् ।

२०७६ असोज ११ शनिबार, राति ९:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषामा ट्याक्टर दुर्घटनामा परी एकजनाको ज्यान गएको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ६ स्थित सखुवा–औरहा ज. १ त. ५५५० दुर्घटना हुँदा सवार एकजनाको मृत्यू भएको हो । मृत्यू हुनेमा मिथिला विहारी नगरपालिका ६ सिरसियाका ३० वर्षीय जोगना महरा रहेका छन् ।
शनिवार दिउँसो ३ बजेतिर ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटना लगत्तै चालक फरार भएका छन् भने उनको खोजविन तीव्र पारिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहालले बताए ।
शव पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…