लोकस्टारको जजद्धारा रविराजको मनोबल गिराउने खेल, जजलाई गालीको वर्षा
रविराजका समर्थक तथा शुभचिन्तकहरुले भोटबाटै जज खाँडलाई जवाफ दिने भन्दै व्यापक भोटिङ अभियान चलाएका छन् ।

२०७६ असोज १० शुक्रबार, बिहान १०:१८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको चर्चित सिंगिङ रियालिटी शो नेपाल लोकस्टारमा प्रतिस्पर्धा गरिरहेका रविराज साहलाई लोकस्टारकै एकजना जजले विना कारण नकारात्मक टिप्पनी गरेर मनोबल गिराउने काम गरेका छन् ।
लोकस्टारको टप ७ मा रहेका प्रतिस्पर्धीहरुको बिहिबार भएको २७औं एपिसोडमा लोकस्टारका जज रामजी खाँडले रविराजले गएको गीतमा अनावश्यक टिप्पनी गरेर मनोबल गराउने काम गरेका हुन् । रविराजले बिहीबारको एपिसोडमा उदितनारायण झाको ‘दर्पण छाँया’ नामक गीत गाए ।
उनले कार्यक्रमको फरमेट अनुसार नै आयोजकको अनुमतिमा सो गीत गाएपनि जजको रुपमा काम गरिरहेका खाँडले हौसला दिनुको साटो मनलाग्दी गीत गाएको भन्दै प्रतिक्रियाको क्रममा शोमै उफ्रिए । रविराजलाई लोकगीत भन्दा बाहिरको गीत किन गाएको भन्दै उनले नकारात्मक टिप्पनी गरे ।
जबकी, लोकस्टारले यस एपिसोडमा ईच्छा लागेका लोकगीत बाहेकका अन्य गीत पनि गाउन सक्ने अवसर दिएको थियो ।
उद्घोषकले पनि ईच्छा अनुसारको गीत गाउन सकिन्छ भनेर एपिसोडको सुरुमै भनेका छन् । सोही अनुसार नै रविराजले अनुमतिमै गीत गाएपनि उद्घोषक खाँडले भने आयोजक तथा शोको फरमेटभन्दा पनि माथि गएर शोमा नकारात्मक भाव उत्पन्न गर्ने खाले टिप्पनी गरेका छन् ।
रविराज साह मधेशबाट भएपनि सबै समुदायसँग जुडेका गीतलाई न्यायसहित गाएर वाहवाही पाइरहेका बेला अनावश्यक मनोबल गिराउने खालको टिप्पनी गरेर खाँडले रविराजलाई स्टेजमै रुन बाध्य पारे । रविराजले गीत गाइसकेपछि जजको प्रतिक्रियाको क्रममा खाँडले मनोबल गिराउने खालको टिप्पनी गरेपछि उनीलाई गाली गर्नेको आइरो नै लागेको छ ।
नेपाल लोकस्टारको यूट्युब च्यानलको कमेन्टमा खाँडमाथि गालीको वर्षा नै हुन थालेपछि लोकस्टारले च्यानलको कमेन्ट नै डिजेबल गरिदिएको छ । रविराजका शुभचिन्तक एवं फ्यानहरुले जज खाँडलाई कारवाही गरी शोबाटै निकाल्ने माग गरिरहेका छन् । मधेशबाट प्रतिनिधित्व गरिरहेका रविराजसँग लोकस्टारमा बेलाबेला समुदायकै आधारमा तथा गीतलाई लिएर दुव्र्यवहार हुँदै आएको छ ।
यसअघि नेपाल लोकस्टार शो प्रशारण भइरहेको एपीवान टिभीका कर्मचारी मनोज केजी नामक व्यक्तिले रविराजसँग नश्लीय व्यवहार गरेका थिए । केसीमाथि कारवाहीको लागि व्यापक आवाज उठेपछि उनी रविराजसहित सम्पूर्ण मधेशी समुदायसँग सार्वजनिक रुपमै माफी मागेका थिए ।
नेपाल लोकस्टारको टप ६ को लागि आज फाईनल राउण्ड हुँदैछ । प्रतिस्पर्धीहरुका लागि लोकस्टारले खुल्ला गरेको भोटिङ आजै मध्यान्ह १२ बजे बन्द गर्दैछ । जज खाँडले रविराजको मनोबल गिराउने काम गरेपछि उनका समर्थक तथा शुभचिन्तकहरुले भोटबाटै खाँडलाई जवाफ दिने भन्दै व्यापक भोटिङ अभियान चलाएका छन् । समय थोरै भएकाले १२ बजेभित्रै बढीभन्दा बढी भोट गरिदिन रविराजले पनि अपिल गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…