मिस्टर एण्ड मिस थारु आइकनमा 'सुजीता चौधरी' को चर्चा
भोटिङको लागि अन्तिम मिति असोज १६ गतेसम्म नै भएको हुँदा उनले सबैसँग भोट गर्न आग्रह गरेकी हुन् ।

२०७६ असोज ९ बिहीबार, राति ८:२२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ‘मिस्टर एण्ड मिस थारु २०१९’ की अब्बल प्रतिस्पर्धी मानिएकी सुजिता चौधरीको चर्चा अहिले समाजिक सँजालमा छाएको छ ।
आउँदो असोज १७ गते विराटनगरमा आयोजना हुन गइरहेको मिस्टर एण्ड मिस थारु आईकन २०१९ को लागि ३५ प्रतिस्पर्धीहरुमध्ये सुजिता चौधरी अब्बल मानिएकी छन् । थारु समुदायको सँस्कार र सँस्कृतिलाई प्रवद्र्धन हेतु थारु कला केन्द्र प्रदेश नं. १ को आयोजनामा उक्त इभेन्ट हुन लागेको बताइएको छ । विराटगरको थारु कल्याणकारिणी सभागृहमा असोज १७ गते दिउँसो २ बजेदेखि सुरु हुने थारु आइकनमा जम्मा ३५ प्रतिष्पर्धी सहभागीता जनाएका छन् ।

जसमध्ये २१ जना महिला र १४ जना पुरुष तर्फ गरी ३५ जनाको सहभागीता रहेको छ । आगामी असोज १६ गतेसम्मको लागि खुल्ला गरिएको भोटिँग प्रक्रिया मार्फत सुजिता चौधरीलाई भोट गर्न आयोजक समितिले आग्रह गरेको छ । फेसबुकमा तस्विर शेयर गरी समेत भोट गर्न सकिने छ भने मोबाईलको मेसेजबाट समेत भोट गर्ने प्रक्रिया खुल्ला गरिएको छ । फेसबुकमा शेयर गरिएको सुजिताको तस्विरलाई शेयर गरे पनि भोट गन्ती हुनेछ । तस्विर शेयरको आधारमा मुल्यांकन गरिने जनाइएको छ ।
यसरी गर्न सकिन्छ भोट :
मोबाईलबाट समेत भोटिँगको प्रक्रिया रहेकोले प्रतियोगी सुजिता चौधरीले पिछडीएको समुदाय मानिएको थारु समुदायलाई माथि उकास्न आफूलाई भोट गर्न आग्रह गरेकी छन् । विहिबार न्यूज ब्यूरोसँग कुराकानी गर्दै सुजिताले भनिन, - "म थारु समुदायको पहिचानलाई बरकरार राख्न, थारु समुदायबाट अब्बल महिलाहरु छन भनेर चिनाउन यस प्रतियोगितामा भाग लिएको छु । तस्विर शेयर गरी र मोबाईलको मेसेजबाट भोट गर्न म सबैसँग आग्रह गर्दछु ।"
भोटिङको लागि अन्तिम मिति असोज १६ गतेसम्म नै भएको हुँदा उनले सबैसँग भोट गर्न आग्रह गरेकी हुन् । थारु आईकन २०१९ को लागि कन्सटेन्ट नं. एफ ५ मा रहेकी उनलाई TKK F5 टाईप गरी ३८६८७ मा एसएमएस गरेर सहजै भोट गर्न सकिन्छ ।

============================
VOTE for your favorite contestant & help them win the sub-title
For Popular Sub-Tittle
Type TKK F5. and send it to 38687
& For Public Choice Sub-tittle
please #like #Mention #share In Official page Mr. & Miss Tharu Icon 2019
Thank YOu
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…