जनमत पार्टीको चुनाव चिन्ह 'लाउड स्पीकर' : कसले के पायो ?
जनमत पार्टीले ‘अष्टदल’ चुनाव चिन्ह प्रस्ताव गरेकोमा निर्वाचन आयोगले भने लाउड स्पीकर चुनाव चिन्ह दिएको छ ।

२०७६ असोज ९ बिहीबार, बेलुकी ७:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले लाउड स्पीकर चुनाव चिन्ह पाएको छ ।
मंसिर १४ गतेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले जनमत पार्टीसहित नयाँ दर्ता भएका र नाम फेरिएका गरी २१ दललाई चुनाव चिन्ह प्रदान गरेको हो । जनमत पार्टीले ‘अष्टदल’ चुनाव चिन्ह प्रस्ताव गरेकोमा निर्वाचन आयोगले भने लाउड स्पीकर चुनाव चिन्ह दिएको छ ।
जनमत पार्टीको प्रस्तावमा निर्वाचन आयोगले माइक, बल, पञ्जा, लाउड स्पीकर जस्ता चिह्न रोज्न दिएको थियो । ती मध्ये जनमत पार्टीले लाउड स्पीकर रोजेको हो । तर, उपचुनाव लड्ने कि नलड्ने भन्ने विषयमा पार्टीमा छलफल भएको छैन ।
आयोगमा दर्ता कायम रहेका नेपाली कांग्रेस लगायतका दलहरूले पुरानै चुनाव चिन्ह पाएका छन् । तर एकीकरण भएका र नयाँ दर्ता भएका दलहरुलाई भने नयाँ चुनाव चिन्ह दिइएको छ ।
एमाले र माओवादी एकतापछि बनेको सत्तारूढ नेकपाले उपनिर्वाचनमा सूर्य चुनाव चिन्ह प्रयोग गर्ने भएको छ । यस्तै सत्तारूढ समाजवादी पार्टीले पाँच औंलासहितको हत्केला चुनाव चिन्ह प्रयोग गर्ने भएको छ । त्यस्तै, साझा पार्टीले तराजु चुनाव चिन्ह पाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…