तेलगु सिनेमाका चर्चित हास्यकलाकार वेणु माधव रहेनन्
उनको निधनको खबरबाट दर्शकहरुले समवेदना व्यक्त गर्दै दुस्ख प्रकट गरेका छन् ।

२०७६ असोज ८ बुधबार, राति १०:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । तेलगु सिने उद्योगका चर्चित हास्यकलाकार वेणु माधवको असामयिक निधन भएको छ ।
उपचारका क्रममा माधवको एक निजी अस्पतालमा बुधबार मध्यान्ह १२स्२० मा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको निधनको खबरबाट दर्शकहरुले समवेदना व्यक्त गर्दै दुस्ख प्रकट गरेका छन् ।
मृगौला र कलेजोमा गम्भीर समस्या देखिएपछि उनको स्वास्थ्य अवस्था नाजुक थियो। मंगलबारसिकिस्त भएपछि उनलाई स्थानीय एक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
वेणु केही वर्षयता कलेजोमा समस्या देखिएपछि फिल्महरुमा अभिनय गरेका थिएनन् । उनले १ सय ७० भन्दा बढी तामिल तथा तेलगु चलचित्रमा अभिनय गरेको थिए । उनले ’सम्पर्दायम’ चलचित्रमा एउटा सानो भूमिकामा देखिएका थिए । सन् १९९७ को तेलगुचलचित्र ’मास्टर’ बाट वेणुले आफ्नो अभिनय यात्रा सुरु गरेको थिए ।
वेणुले सन् २००६ को उत्कृष्ट हास्यकलाकारको रुपमा ’लक्ष्मी’ चलचित्रबाट नन्दी अवार्ड पाएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…