आजदेखि सयको फरक नोट बजारमा, कस्तो छ डिजाईन ?
पहिलो पटक ३ करोड थान (३ अर्ब रुपैयाँ) का सय दरका नयाँ नोट बजारमा ल्याउने राष्ट्र बैंकले जनाएको एक सूचना जारी जनाएको छ ।

२०७६ असोज ७ मंगलबार, बिहान १०:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ विशेषतासहित आजदेखि १०० को नयाँ नोट चलन चल्तीमा ल्याउने भएको छ ।
बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा संकेत नम्बर ओर १८०००००१ देखि कर ३७९९९९९ सम्मका नयाँ नोट प्रचलनमा ल्याउन लागेको हो । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, मध्ये भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द बर्थ प्लेस अफ लड बुद्ध अग्रेजीमा लेखिएको नयाँ नोट प्रचलनमा ल्याउन लागिएिको छ ।
पहिलो पटक ३ करोड थान (३ अर्ब रुपैयाँ) का सय दरका नयाँ नोट बजारमा ल्याउने राष्ट्र बैंकले जनाएको एक सूचना जारी जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…