४० वर्षभित्र नेपाललाई 'सिंगापुर' बनाउछौं : बाबुराम भट्टराई
‘संविधान अपूर्ण र अपूरो छ, यसलाई संशोधन नगरेसम्म देशलाई समृद्ध बनाउन सकिदैन’, भट्टराईले भने ।

२०७६ असोज ७ मंगलबार, बिहान १०:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले नै देशलाई समृद्ध बनाउने बताएका छन् ।
सोमबार सिन्धुलीमाढीमा सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच जिल्ला समायोजन घोषणा कार्यक्रममा उनले आफ्नो पार्टीले लिएको लक्ष्यका आधारमा मात्र देशलाई समृद्ध बनाउन सकिने बताए ।
उनले भने, अहिलेको सरकार र नेपाली काङ्ग्रेसको बोली एकातिर र व्यवहार अर्को हुँदा देश समृद्ध हुन सक्दैन, तपाईहरुले विश्वास गर्नुस्, हामी समाजवाद र समावेशी लोकतन्त्र ल्याई देशलाई समृद्ध बनाउँदैछोँ ।
चालीस वर्षभित्र नेपाललाई सिङ्गापुरको जस्तै हैसियतमा पु¥याइने उनको भनाइ थियो । ‘संविधान बनेर केही उपलब्धि त हात परेका छन् तर यो अपूर्ण र अपूरो छ, यसलाई संशोधन नगरेसम्म देशलाई समृद्ध बनाउन सकिदैन’, भट्टराईले भने ।
क्रान्तिको कार्यभार पूरा गर्न बाँकी रहेकाले समाजवादी पार्टीको जन्म भएको उनको भनाइ थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…