जनकपुरको लाईन एक महिनासम्म दिनमा अवरुद्ध रहने
विहान ८ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म विद्युत सेवा अवरुद्ध रहने सूचना प्रकाशित गरेको छ ।

२०७६ असोज ७ मंगलबार, बिहान ९:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्र अन्तर्गतका स्थानमा झण्डै एक महिनासम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
जनकपुर वितरण केन्द्रबाट प्रवाह हुने विद्युत सेवा अपग्रेडको निम्ति एक महिनासम्म विद्युत सेवा अवरुद्ध रहने भएको हो । सो केन्द्र अन्तर्गत रहेको ढल्केवरदेखि मुजेलिया सवस्टेशनसम्मको ३३ केभि डबल सर्किट लाईनको कन्डक्टर ओभरलोडको कारणले जनकपुर, यदुकुहा लगायत महोत्तरी जिल्लाको क्षेत्रहरुमा भोल्टेजको कमी, बारम्बार लाईन अवरुद्ध भई विद्युत अनियमित हुने जस्ता विभिन्न समस्याहरु बारम्वार देखिन थालेपछि समाधान गर्न लागिएको हो ।
विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रले आज असोज ७ गतेदेखि कार्तिक ८ गतेसम्म विहान ८ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म विद्युत सेवा अवरुद्ध रहने सूचना प्रकाशित गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…