धनुषाका सामुदायिक विद्यालय १२ दिनका लागि बन्द
जनकपुरधाम, १८ पुस । चिसो बढेपछि धनुषाका समुदायिक विद्यालयहरु १२ दिनसम्मको लागि बन्द हुने भएको छ । हुस्सु र शितलहरका कारण चिसो बढे लगत्तै स्थानीय प्रशासनले १२ दिने विदाको घोषणा गरेका हुन । मौसम प्रतिकुल भएपछि धनुषाका सामुदायिक विद्यालय १२ दिनका लागि बन्द गरिएको छ । जिल्ला शिक्षा कार्यालयमा बसेको बैठक

२०७४ पुस १८ मंगलबार, दिउँसो ३:३५ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १८ पुस ।
चिसो बढेपछि धनुषाका समुदायिक विद्यालयहरु १२ दिनसम्मको लागि बन्द हुने भएको छ । हुस्सु र शितलहरका कारण चिसो बढे लगत्तै स्थानीय प्रशासनले १२ दिने विदाको घोषणा गरेका हुन ।
मौसम प्रतिकुल भएपछि धनुषाका सामुदायिक विद्यालय १२ दिनका लागि बन्द गरिएको छ । जिल्ला शिक्षा कार्यालयमा बसेको बैठकले बुधबारबाट १२ दिनका लागि सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको हो । माघ २ गते देखि पुन संचालन हुने जनाएको छ ।
अत्यधिक चिसो भएपछि धेरै जिल्लाहरुमा शैक्षिक संस्था बन्द गर्न थालिएको छ । चिसो बढेपछि तराई क्षेत्रको जनजिवन कष्टकर बनेको छ । हुस्सु र शितलहरका कारण चिसो बढेको हो । अस्पतालहरुमा निमोनिया र दमका बिरामीको संख्या बढेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…