ढिलै भएपनि राम्रो प्रयास भएको छ : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले भाषा र सँस्कृतिमा टेवा पुग्ने गरी आद्यौगिक घरानाहरुको विकास आवश्यक रहेको बताएका छन् । जनकपुरमा नवनिर्मित नटराज प्रोड्क्सन एवं रेकर्डिङ्ग स्टुडियोको उद्घाटन गर्दै उनले आधुनिक प्रविधि युक्त स्टुडियोले कलाकारहरुको हौसला बढाउनुको

२०७६ असोज ५ आइतबार, बिहान १०:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले भाषा र सँस्कृतिमा टेवा पुग्ने गरी आद्यौगिक घरानाहरुको विकास आवश्यक रहेको बताएका छन् ।
जनकपुरमा नवनिर्मित नटराज प्रोड्क्सन एवं रेकर्डिङ्ग स्टुडियोको उद्घाटन गर्दै उनले आधुनिक प्रविधि युक्त स्टुडियोले कलाकारहरुको हौसला बढाउनुको साथै स्थानीय भाषा संस्कृतिको संरक्षण , सम्वद्र्धन र विकासमा विशेष टेवा पु¥याउने विश्वास व्यक्त गरे । उनले भने, ‘यस्ता स्टुडियो यहाँका औद्योगिक घरानाहरुलाइ पहिला नै खोल्नु पर्ने थियो, मुख्यमन्त्री राउतले भने ,‘ ढिलै भएपनि एउटा सुखद प्रयास भएको छ,उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’
स्टुडियोको कार्यकारी निर्देशक अनिल मिश्राको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…