मुख्यमन्त्री राउतले ९९ विद्यार्थीलाई ल्यापटप बाँडे
राउतले भन्नु भयो,‘ हामीलाई समृद्धि प्राप्त गर्नु छ भने विभेद अन्त गर्नु पर्दछ र प्रदेश सरकार त्यसमा अगाडी बढेको छ ।

२०७६ असोज ४ शनिबार, बेलुकी ६:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले विभिन्न विद्यालयका ९९ जना विद्यार्थीलाई ल्यापटप वितरण गरेका छन् ।
एक समारोहबीच महोत्तरीको श्रीराम मावि मटिहानीका ७४ र मावि मझौराका २५ छात्र छात्राहरुलाई ल्यापटप वितरण गरिएको हो । मटिहानीमा आयोजित नगरपालिका स्थित सामुदायिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा छात्राको लागि ल्यापटप वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश भित्र रहेको भेदभाव अन्त गर्दै समान्ता ल्याइए मात्र समृद्धि सम्भव हुने बताउनु भयो । विश्वका समृद्ध मुलुकहरुमा महिला पुरुष, दलित गैरदलित जस्ता विभेद नरहेको उदाहरण दिनु हुँदै मुख्यमन्त्री राउतले भन्नु भयो,‘ हामीलाई समृद्धि प्राप्त गर्नु छ भने विभेद अन्त गर्नु पर्दछ र प्रदेश सरकार त्यसमा अगाडी बढेको छ ।
प्रदेश सरकारले समाजमा रहेको विभेद अन्त गर्नका लागि बेटी पढाउ बेटी बचाउ कार्यक्रम संचालन ल्याई सकेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले केही दिन भित्रै दलित सशक्तिकरण ऐन र मदरशा शिक्षा बोर्ड जस्ता विधेयक पारित गर्न लागेको दावी गर्नु भयो । आजको प्रतिस्पर्धात्मक युगमा प्राविधिक शिक्षाले मात्र सबैलाई रोजगारी दिन सक्ने उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले मटिहानी नगरपालिकाले कक्षा ९का छात्र छात्राहरुलाई ल्यापटप उपलब्ध गराएर प्राविधिक शिक्षाको विकासमा महत्वपूर्ण टेवा पु¥याएको भन्दै प्रशंसा समेत गर्नु भयो ।
मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेश सभा सदस्य रामअशिष यादव, जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुरेश प्रसाद सिंह , समाजवादी पार्टीका प्रदेश समिति सदस्य मोजिम राइन सहितका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…