भारतको अबको योजना 'गंगायान'
चन्द्रयान–२ को ल्याण्डर विक्रमसँगको सम्पर्कको आशा सकिएपछि इसरोले अबको अघिल्लो योजना गंगायान रहेको बताएको हो ।

२०७६ असोज ४ शनिबार, बेलुकी ६:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । भारतको चन्द्रयान–२ मिसन असफल भएपछि अबको योजना ‘गंगायान’ भएको इसरो प्रमुख के सिवनले बताएका छन् ।
चन्द्रयान–२ को ल्याण्डर विक्रमसँगको सम्पर्कको आशा सकिएपछि इसरोले अबको अघिल्लो योजना गंगायान रहेको बताएको हो । इसरो प्रमुख सिवनले चन्द्रयान–२ को मून मिसन ९८ प्रतिशत सफल भएको दावी गर्दै अबको योजना गंगायान भएको बताए ।
चन्द्रयान–२ को ल्याण्डर विक्रमसँगको सम्पर्कको सबै सम्भावना अब लगभग सकिएको छ, किनकि ल्याण्डर विक्रम १४ दिनसम्म काम गर्न सक्थ्यो । अर्थात् ल्याडरको जीवन १४ दिनको थियो । गएको ७ सेप्टेम्बर राति झण्डै डेढ बजे चन्द्रयान–२ विक्रम ल्याण्डरमा ‘सफ्ट ल्याण्डिंग’ हुनुपर्ने थियो तर त्यो हुन सकेन ।
यद्यपि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले यो बीचमा ल्याण्डरसँग दोस्रो पटक सम्पर्क गर्न कोसिस गरिरहेको बताउँदै आएको थियो । तर यो काम भने निकै मुश्किल थियो । विक्रम ल्याण्डर चन्द्रमाको सतहमा पुग्न झण्डै २ दशमलव १ किलोमिटर वर नै ग्राउण्ड स्टेशनसँग सम्पर्क टुटेको थियो ।
इसरो प्रमुख सिवनले भने, ‘चन्द्रयान–२ को कक्षले राम्रो काम गरिरहेको छ । चन्द्रयान–२ को कक्षमा रहेका आठ ओटै उपकरणले हामीले जे चाहेका थियौँ, त्यो गरिरहेको छ । यो मिसन ९८ प्रतिशत सफल भएको छ । हाम्रो अघिल्लो प्राथमिकता गंगायान हो ।’
यदि भारतले यो उपलब्धि हासिल गर्न सकेको भए रुस, अमेरिका र चीनपछि भारत चन्द्रमामा आफ्नो अन्तरिक्ष यान पठाउने चौथो राष्ट्र बन्ने थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…