चन्द्रयान २ : विक्रम ल्याण्डरसँग सम्पर्क जोड्ने सम्भावना अन्त्य
विक्रम–ल्याण्डरलाई चन्द्रमा सफलतापूर्वक अवतरण गराएर भारत चन्द्रमामा मानव निर्मित यान ओराल्ने चौथो राष्ट्र बन्ने लक्ष्य लिएको थियो ।

२०७६ असोज ४ शनिबार, दिउँसो १:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । चन्द्रमाको सतहमा अवतरण गर्ने क्रममा सम्पर्क टुटेको विक्रम–ल्याण्डरसँग सम्पर्क स्थापित गर्ने समय सकिएको छ ।
विक्रम–ल्याण्डर र त्यसमा रहेको प्रज्ञान रोभरको समय १४ दिन मात्र थियो । शनिबार विक्रम–ल्याण्डर चन्द्रमाको धरातलमा अवतरणका क्रममा सम्पर्क विच्छेद भएको १४ दिन पुगेको छ ।
प्रज्ञान नामको रोभर बोकेको विक्रम ल्याण्डर सेप्टेम्बर ७ मा चन्द्रमाको सतहभन्दा २.१ किमिमाथि सम्पर्क्विच्छेद भएको थियो । विक्रम ल्याण्डरलाई भारतको महत्त्वकाँक्षी चन्द्रयान–२ अभियानले चन्द्रमाको कक्षमा पुर्याएको थियो ।
सम्पर्क टुटेदेखि नै उक्त ल्याण्डर पठाएको भारतीय अतरिक्ष अनुसन्धान संगठन(इसरो)ले त्योसँग सम्पर्क पुनर्स्थापित गर्ने प्रयास गरिरहेका थिए । तथापि शनिबार यसको समय सकिनेछ । सम्पर्क टुटेको भोलिपल्ट इसरोले ल्याण्डरलाई चन्द्रमा सतहमा देखेको सार्वजनिक ग¥यो । चन्द्रयान–२ को अर्विटरमा रहेको क्यामेराले ल्याण्डरलाई देखेको थियो ।
तस्विरमा ल्याण्डर सग्लो, नटुक्रिएको र केही ढल्किएको अवस्थामा देखिएकाले इसरो अधिकारीहरुले त्यसमा पुनःसम्पर्क हुने सम्भावना व्यक्त गरेका थिए । तर, ल्याण्डरलाई सुचारु राख्ने व्याट्रीको उर्जा सकिएकाले अब त्यसको सम्भावना अन्त्य भएको छ ।
विक्रम–ल्याण्डरलाई चन्द्रमा सफलतापूर्वक अवतरण गराएर भारत चन्द्रमामा मानव निर्मित यान ओराल्ने चौथो राष्ट्र बन्ने लक्ष्य लिएको थियो । यसअघि अमेरिका, रुस र चीनले मात्र यो सफलता हासिल गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…