समाजवादी पार्टी सत्ताको लोभ त्यागेर जनताको लागि मैदानमा आउनुपर्दछ : राज्यमन्त्री मण्डल
अहिलेको संविधान मधेश विरोधी भएको भन्दै राजपाले सिरहामा प्रदर्शन गरेको हो ।

२०७६ असोज ४ शनिबार, बिहान ८:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातारवण राज्यमन्त्री एवं राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता सुरेश मण्डलले समाजवादी पार्टी सत्ताको लोभ त्यागेर जनताको लागि मैदानमा आउनुपर्ने बताएका छन् ।
संविधान दिवसको अवसरमा शुक्रवार राजपा सिरहाद्धारा आयोजित विरोधसभालाई सम्बोधन गर्दै राज्यमन्त्री मण्डलले यस्तो बताएका हुन् । उनले उपेन्द्र यादब नेतृत्वको समाजवादी पार्टीलाई सरकार छाड्न आग्रह गरे ।
राज्यमन्त्री मण्डलले भने, ‘संविधान संशोधन गर्ने सम्झौता पश्चात सरकारमा गएको पनि डेढ वर्ष वितिसक्यो तर सरकार संविधान संशोधन गर्न तयार छैन । त्यसैले समाजवादी पार्टीलाई सरकार छाडेर संघर्षमा आउन आग्रह गर्दछु ।’
मधेश आन्दोलनबाट जन्मेको पार्टी जनताको भावना कुल्चेर सत्तामा रमाउनु दुःखद भएको उनले बताए । संविधान दिवसको दिन राजपा अध्यक्ष मण्डलको निर्णयानुसार राजपाले मधेशसहित देशको विभिन्न स्थानमा प्रदर्शन गरेको छ । अहिलेको संविधान मधेश विरोधी भएको भन्दै राजपाले सिरहामा प्रदर्शन गरेको हो ।
राजपा नेपालले मधेशका सबै जिल्लामा संविधानको विरोधमा शुक्रवार साँझ १५ मिनेट बल्याकआउट समेत गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…