मधेश राजनीति : बाहिर संविधानमा असहमति, भित्र त्यही टेकेर रमाउँदै
यसरी हेर्दा मधेश केन्द्रीत दल बाहिर संविधानको विरोध गरेपनि भित्र भने त्यही संविधानलाई टेकेर रिल्याक्स गरिरहेका छन् ।

२०७६ असोज ३ शुक्रबार, बेलुकी ५:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । संविधानसभाबाट ३ असोज ०७२ मा संविधान घोषणा भएसँगै मधेशकेन्द्रित दलहरूले विरोध जनाए । संविधान दिवसलाई उनीहरूले ‘कालो दिवस’का रूपमा मनाए ।
संविधान निर्माणपछिका निर्वाचन र सरकारमा सहभागी भएपनि ती दलले संविधानप्रति निरन्तर असहमति राख्दै आएका छन् । राजपा र तत्कालीन संघीय समाजवादी फोरम (हाल समाजवादी पार्टी)ले संविधान संशोधनको मुद्दा निरन्तर उठाइरहेका छन् ।
संविधान निर्माणका क्रममा चलेको आन्दोलनको ६ महिना अवधिमा प्रहरीसहित ९१ जनाको ज्यान गएको थियो । २ हजारभन्दा धेरै घाइते भएका थिए । आन्दोलनमा ४९ जना घाइते भए भने ५ सयभन्दा धेरैलाई मुद्दा लगाइएको छ । अझै ३३ जना जेलमै छन् ।
संविधान संशोधनको माग थाती राखी राजपा र तत्कालीन फोरम स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा होमिए । संविधान संशोधन गर्ने सर्तमा तत्कालीन फोरम २ बुँदे सहमति गरी सरकारमा सहभागी भयो । राजपाले पनि संशोधनको आवश्वासन पाएपछि समर्थन जनायो । अहिले राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने समाजवादीले सरकार छाड्ने नछाड्ने द्विविधामा छ ।
यसरी हेर्दा मधेश केन्द्रीत दल बाहिर संविधानको विरोध गरेपनि भित्र भने त्यही संविधानलाई टेकेर रिल्याक्स गरिरहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…