‘मधेशी नेताबाट पनि जनता ठगिए, राज्यद्धारा अभिभावकत्व निर्वहन गरिनुपर्दछ’
मधेशी जनताले आज कालो दिवस मनाएपनि मधेशी नेताहरु सत्ता र भत्ता लिएर गोहिको आँसु झार्न आवश्यक छैन ।
२०७६ असोज ३ शुक्रबार, बिहान ११:०० बजे१ मिनेट पढाइ

बन्दुकको नोकमा जनताको रगतले लेखिएको संविधानले मधेशी जनताको मनोभावना कुल्चेर देश समृद्ध हुन सक्दैन । असोज ३ मधेशका जनताले आफ्ना आफन्तको टाउको र छातीमा गोलि लागेको सम्झेर अझै पनि मुर्छित छन् ।
तिनिहरुको घाउमा मलहम लगाउने दायित्व राज्यको हो । राज्य गम्भीर हुनु जरुरी छ । मधेश बिनाको देश र देश बिना मधेश अपुरो रहन्छ । मधेशी नेतृत्वको दोधारे चरीत्र हेरेर लाखौं मधेशी जनतालाई नजरअन्दाज नगरौं । मधेशी नेता सत्ता र भत्ताको मोहले बारम्बार मधेशी जनता ठगिएको महसुस गरेका छन् ।
राज्य जनताका अभिभावक हुन्, अभिभावकले आफना जनतालाई चित बुझाउन सक्नुपर्दछ । मधेशी जनताले यहि संविधान भित्र केही परिवर्तन, परिमार्जन र संसोधन मात्रै खोजेका छन् । यसमा ढिलाई किन ?
यो संविधान भित्र कतिपय राम्रा पक्ष पनि छन् । संघीयता, समाबेशी, धर्मनिर्पेक्षता तब मात्र संस्थागत हुनसक्छ, जब मधेशलाई विश्वासमा लिइन्छ । प्रधानमन्त्री ज्यू, अब मधेशी जनताले मधेशी गद्दार नेता भन्दा बढी अपेक्षा तपाईबाट गरेका छन् । तपाईले जनताको आवाज सुन्नैपर्छ । मधेशी जनताको राष्ट्रप्रतिको प्रेमलाई सम्मान गरौं ।
मधेशी जनताले आज कालो दिवस मनाएपनि मधेशी नेताहरु सत्ता र भत्ता लिएर गोहिको आँसु झार्न आवश्यक छैन । तिनिहरुलाई संविधानको विरोध गर्ने नैतिकता छँदैछैन् । जनता उक्साएर मरबाउने अनि आफू चैँ कुर्सीमा रमाउने यीनीहरुको खेती जस्तै देखियो ।
अन्त्यमा, संविधान दिवस मनाउनेहरुलाई शुभकामना । संविधानको विरोध गरेर अवसर प्राप्त गरेकाहरुलाई पनि संविधान दिवसको शुभकामना ।
यही संविधानमा अधिकार खोज्न भएको आन्दोलनमा राज्यद्धारा अर्थात् प्रहरीको गोलीबाट सहादत प्राप्त गरेका तमाम सहिदप्रति सत–सत नमन । मधेशि जनताको जायज माग पूरा होस् । मधेशीको नाममा पद, पैसा र परिवार पाल्नेहरुको विरोध गरौं । जय नेपाल, जय मधेश ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
अनुराग अनन्त (पत्रकार)
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…