धनुषा : बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई आजीवन जेल
बालिकाको शव धान खेतको हिलोमा गाडीएको अवस्थामा फेला परेको थियो ।

२०७६ असोज २ बिहीबार, बिहान ९:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक बालिकालाई सामुहिक बलात्कार गरी हत्या गर्ने दुईजनालाई आजीवन जेल सजाय सुनाइएको छ ।
जिल्ला अदालत धनुषाले धनुषाको औरही गाउँपालिका–२ परवाहाका ३१ वर्षका विनोद मुखिया र ३३ वर्षका नथुनी पण्डितलाई बालिका बालात्कार गरी हत्या गरेको दोषी ठहर गर्दै आजीवन जेल सुनाएको हो ।
बुधबार जिल्ला अदालतका न्यायाधीश राजेश कटुवालको इजलासले मुखिया र पण्डितलाई आजीवन जेलसहितको सजाय सुनाएको छ । दोषी दुबैले झण्डै एकवर्ष अघि एक बालिकालाई बलात्कार गरी हत्या नै गरिदिएका थिए ।
गत २०७५ असोज २६ गते दुर्गा मेला हेर्न गएकी परवाहाकी रामशिष यादवकी १० वर्षकी छोरी मनिताकुमारी यादवलाई गाउँकै स्थानीय मुखिया र पण्डितले १० रुपैयाँको प्रलोभन देखाएर गाउँभन्दा केहि पर लगी बलात्कार गरी हत्या गरेका थिए ।
बालिकाको शव धान खेतको हिलोमा गाडीएको अवस्थामा फेला परेको थियो । घटना लगत्तै धनुषा प्रहरीले दुबैजनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…