जनकपुरधाममा संचालनमा आयो शुद्ध शाकाहारी 'रानी स्वीट्स कर्नर'
कर्नरमा विश्वासिलो शुद्ध साकाहारी खाद्यय समाग्रीहरु उपलब्ध हुने पसल सचालक सुर्यनाथ यादव जानकारी दिए ।

२०७६ असोज १ बुधबार, बिहान १०:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ अस्थायी राजधानी जनकपुरधाममा विधिवत् रुपमा रानी स्वीट्स कर्नर संचालनमा आएको छ ।
जनकपुर उपमहानगरपालिका १ स्थित मिल्स एरियामा रानी स्वीट्स कर्नर एण्ड दूध डेरि उद्योगको मंगलबार विधिवत् उद्घाटन गरिएको हो । एक समारोहबीच जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले रिवन काटी स्वीट्स कर्नरको उद्घाटन गरेका हुन् ।
कर्नरमा विश्वासिलो शुद्ध साकाहारी खाद्यय समाग्रीहरु उपलब्ध हुने पसल सचालक सुर्यनाथ यादव जानकारी दिए । पर्यटकीय तथा धार्मिक गन्तव्य जनकपुरधाममा शाकाहारी कर्नर खुलेकोमा कार्यक्रममा सहभागीहरुले खुशी व्यक्त गरे ।
यसको शाखा धुनुषाको धनुषाधाममा पनि छ । उद्घाटन कार्यक्रममा मिथिला बिहारी नगरपालिकाका मेयर अनिल यादव लगायत स्थानीय व्यापारी, बुद्धिजिवी लगायतका सरिक थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…