छोरीलाई सक्षम बनाउन मधेश सरकार कुनै कसर बाँकी नराख्ने : मुख्यमन्त्री राउत
अवको १५ वर्ष पछि महिलाहरुले जिल्ला र प्रदेश चलाएर नमूना कायम गर्नेछौं ।

२०७६ भदौ ३० सोमबार, बेलुकी ६:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले मधेशका छोरीहरुलाई सक्षम र शिक्षिक बनाउन मधेश सरकार कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
प्रदेशका छोरीहरुलाई शिक्षित र सक्षम बनाउने अभियानमा लागि परेको बताउँदै उनले हरेक तह तप्कामा मधेशका छोरीहरुको समान सहभागीता कायम गराउने प्रयास सरकारको प्राथमिकतामा रहेको दाबी गरे । सोमबार (आज) धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका वडा नं. ४ तुल्सीयाही स्थित देवनारायण माविमा आयोजित साइकल वितरण समारोहलाई सम्बोधन मुख्यमन्त्री राउतले समाजको आधा हिस्सा छोरीहरु शिक्षित र सक्षम नभए सम्म प्रदेश समृद्ध नहुने भएकाले प्रदेश सरकार यस अभियानमा अघि बढेको औल्याए ।

बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत छोरीहरुलाई शिक्षित र सक्षम बनाउन साइकल वितरण अभियान, छोरी शिक्षा विमा, सामुदायिक विद्यालयहरुमा छात्रा शौचालयको निर्माण अघि बढाएको उल्लेख गर्दै छोरीहरु शिक्षित र समक्ष भै सके पछि उनिहरुलाई रोजगारीमा समान अवसर दिन विभिन्न निकायहरुमा पचास प्रतिशत आरक्षणको व्यवस्था समेत गरेको उल्लेख गरे । "अवको १५ वर्ष पछि महिलाहरुले जिल्ला र प्रदेश चलाएर नमूना कायम गर्नेछौं ।" - उनले भने ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्व सभासद कविन्द्र ठाकुरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय सदस्य अमरेश नारायण झा, नीति आयोगका उपाध्यक्ष डा। भोगेन्द्र झा, समाजिक विकास राज्य मन्त्री अभिराम शर्मा सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…