शान्ती सदाकी 'युवा तिमी ध्रुवतारा हौं' रिलिज
आफ्नै देशमा काम गरी देश बनाउन सँदेशात्मक गीत सार्वजनिक गरिएको हो ।

२०७६ भदौ ३० सोमबार, बिहान ७:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । द भ्वाइस अफ नेपालमा आफ्नो जादुगरी आवाज दिएर चर्चा कमाएकी मधेसी मूलकी शान्ती सदाले अर्को म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् ।
श्रीमान गुरुशरण सदासँगै आफू पनि सुमधुर आवाज सजाएकी शान्तीले यसअघि पनि कैयौं म्यूजिक गीति भिडियोमा आफ्नी स्वर सजाएकी हुन् । गत सेप्टेम्बर १४ मा युटुबमा रिलिज गरिएको युवा तिमी ध्रुवतारा हौं बोलको गीत मार्मिक रहेको छ । द भ्वाईस अफ नेपालमा मधेशको साँस्कृतिक झिझियाको गीत गाएर एकाएक चर्चामा आएकी उनी यो गीतले सबैलाई मनमुग्ध गर्न सफल भएकी हुन् ।
लक्ष्मी सिँहद्धारा रचित युवा तिमि देशको ध्रुवतारा हौ, भन्ने बोलको गीतलाई शान्ती सदा र गुरुसरण सदाले सँगसँगै मधुरता प्रदान गरेका हुन् । रिलिज गरिएको म्यूजिक भिडियोमा गोमा काफ्ले, उत्तम केशी, लक्ष्मण चौलागाई, आदित्य ठकुरी, सँगीता श्रेष्ठ, सँतोष गुरुङ, सबित्रा भुजेलले अभिनय दिएका हुन भने राजकृष्ण चौलागाइले क्यामेरा सम्हालेका हुन् ।
लक्ष्मी सिँह र दिल्ली रमण सिँह निर्माता रहेको उक्त म्यूजिक भिडियो मुन लाइट फिल्मको बैनरमुनी निर्माण गरिएको हो । यो भिडियोलाई गुरुशरण सदा एण्ड शान्ती सदा युटुब च्यानल मार्फत रिलिज गरिएको हो । देशको वर्तमान स्थिति र वर्तमान समयमा देखिएको युवाहरुको विदेश पलायन, समस्या, चुनौति उपर भिडियो निर्माण गरिएको हो । युवाहरु देशको कर्णाधार बल रहेको भन्दै आफ्नै देशमा काम गरी देश बनाउन सँदेशात्मक गीत सार्वजनिक गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…