कमला बचाउ अभियान अब मिसन बन्यो : मेयर बरबरिया
सम्पुर्ण जनता आफनो ठाउँ बाट कटिबद्ध भएर साथ दिए मात्र अभियान सफल हुने बताए ।

२०७६ भदौ २८ शनिबार, राति ८:२२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले कमला बचाउ अभियान मिसनको रुपमा स्थापित भएको बताएका छन् ।
प्रत्येक शनिबार साप्ताहिक जागरण अभियान अन्तर्गत कमला बचाउ अभियानीहरुले गर्दै आएको सचेतनात्मक कार्यक्रम एवम् वृक्षारोपण कार्यक्रम अन्तर्गत सिरहाको सिरहा नगरपालिका वडा नं. १२ सारसरमा वृक्षारोपण गर्दै मेयर बरबरियाले थालिएको अभियान अब मिसनको रुपमा परिणत भएको बताए । उनले धनुषा र सिरहा जिल्लाको सीमा भन्दा पनि आसपासका आम नागरिकको सिँचाईको मुख्य श्रोतको रुपमा रहेको भन्दै यसलाई बचाउन सबैले अग्रसर हुनुपर्ने बताए ।
मेयर बरबरियाले भने, - "सर्वप्रथम हामी कमला अभियानी हौ , यस कार्यक्रममा आफु कुनै पार्टीको प्रतिनिधि नभई अभियानीको रुपमा छौं, कमला अभियानमा हामी साथ छौ, कमला बचाउ अभियानमा स्थानीय तह बाट हुन सक्ने काममा कदापि पछाडि हट्ने छैनौं । साथै कमला भेगमा पर्ने सम्पुर्ण नगरपालिकाका नगर प्रमुखहरु संग समन्वय गरेर अगाडी बढनु आजको आवश्यकता छ ।"
आफु केन्द्रिय सरकारलाई पटक पटक कोशी, कमला डाईभर्सन र चुरे संरक्षणको पहल गरेको बताउँदै अबको केही दिनमै प्रधानमन्त्री केपि शर्मा ओली संग भेटेर कमला बचाउ अभियानको लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरे । उक्त अभियानलाई समाजिक संजाल बाट पनि बृहत रुपमा फैलाउनु जरुरी रहेको औल्याउँदै उनले आफू पनि यस अभियानलाई पुर्ण रुपले आत्मसात गर्दै आगाडी बढने बताए । मेयरले मात्र गरेर नहुने सम्पुर्ण जनता आफनो ठाउँ बाट कटिबद्ध भएर साथ दिए मात्र अभियान सफल हुने बताए ।
कमला बचाउ अभियान अन्तर्गत शनिबार सारस्वरको महादेव मन्दीरको प्राङ्गणमा समेत कमला बचाउ अभियान थालेको छ । सिरहा नगरपालिकाका मेयर अशेश्वर यादवको अध्यक्षता एवम् शहिदनगर नगरपालिका तथा मुलुककै कान्छो मेयर उदय कुमार बरबरियाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको दौरान स्थानीयवासीहरुको सहयोगमा वृक्षारोपण गरिएको जनाइएको छ ।
कमला बचाउ अभियानका अगुवा एवम् सँस्थापक अभियानी विक्रम यादवले जारी कमला बचाउ अभियानमा सहयोग गर्ने सबै सहयोगी हातहरुसँग आगामी दिनमा समेत सहयोगको अपेक्षा राखे । साप्ताहिक कार्यक्रम अन्तर्गत धनुषा र सिरहाको कमला नदि किनारमा पर्ने विभिन्न पालिकासँग सहकार्य गर्ने बताउँदै यो अभियानलाई भारत विहारको जयनगरसम्म सँचालन गर्ने बताए । आ आफनो ठाउँ बाटै अभियानमा लाग्ने तथा चुरेलाई पनि बचाउनु पर्ने औल्याउँदै आफ्नो स्तर बाटै कमलाको वरिपरिमा बृक्षारोपन गरेमा सजिलै अक्सिजन पाउन सकिने जीकिर गरे ।
सो कार्यक्रममा सिरहा कल्याणपुर नगरपालिकाका नगर प्रमुख सुर्यनाथ मण्डल, रेडक्रस सिरहाका सभापति राजदेव यादव,वडा अध्यक्ष मोतिबुल राइन, कमला बचाउ अभियानका सचिव बिनोद महरा, धनुषा शहिदनगर नपाका पोषण प्रमुख रुपेश बिराजी, पत्रकार नरेशचन्द्र बरबरिया लगायत किसान, विभिन्न वडाका वडा सदस्य, बुद्धिजिवीहरुको उपस्थित रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…