सँसदमा अरगरियाको प्रश्न : 'लोकसेवा आयोग सँसद भन्दा माथि छ ?'
उनले भने, ‘ यो सरकारले मधेशी, आदीवासी, थारु समुदायहरुसँग विभेद गरेकै हो ।’

२०७६ भदौ २६ बिहीबार, बेलुकी ६:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । संघीय सांसद उमाशंकर अरगरियाले लोकसेवा आयोगले मधेशी तथा अन्य समुदायसँग विभेद गरेको भन्दै लोकसेवाका कर्मचारीहरु उपर कारवाहीको माग गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद अरगरियाले वर्तमान सरकारले लोकसेवा आयोगमाथि नियन्त्रणको प्रयास गरेर मधेशसँग विभेद गराएको बताएका हुन् । संविधान विपरित रहेको लोकसेवा आयोगको विज्ञापनलाई खारेजीको माग सहित सँसदबाट समेत विज्ञापन रद्दको लागि निर्णय गरिएपनि लोकसेवाले बलजफ्ती रुपमा परीक्षा सँचालन गरेको भन्दै आक्रोस पोखे ।
उनले भने, ‘गाउँस्तरका समुदायिक विद्यालयमा कक्षा ५ सम्म पढने विद्यार्थीलाई अँग्रेजी बोल्न आउँदैन, यहाँसम्म की कक्षा ५ मा पढाउने शिक्षक शिक्षिका पनि धेरै यस्ता छन जसलाई अँग्रेजी राम्ररी आउँदैन, गरिब र मध्यमवर्गी परिवारले प्राइभेट स्कूलमा पढाउने क्षमता छैन ? सबैले काठमान्डौका ठुलठुला स्कूलमा पढाउन सक्ने क्षमता छैन तर पनि आरक्षणको दम्भमा मधेशी, थारु, आदिवासी जनजातीहरुले लडेर लोकसेवा पास गर्ने मौक पनि वर्तमान सरकारले खोसे । यो सरकार लोकसेवा आयोगलाई आफ्नो भातृ संगठनको रुपमा बनाउन खोजिएको छ ?’
कैयौं पटक साँसद भवनमा लोकसेवा आयोगको विज्ञापन विरुद्ध बोल्दै आएका नेता अरगरियाले राष्ट्रसेवक कर्मचारी भएर संविधान विपरितको विज्ञापन प्रकाशित गरी परीक्षा समेत सँचालन गरेपनि कुनै कारवाही नगरिएको भन्दै खेद प्रकट गरे । उनले भने, ‘यस्ता कर्मचारीलाई कारवाही गर्ने की नगर्ने ? आरक्षण खाएका ती कर्मचारीलाई कारवाही हुनैपर्छ । यो सरकारले मधेशी, आदीवासी, थारु समुदायहरुसँग विभेद गरेकै हो ।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…