‘बाँचेकैछु जसो तसो’ गीतको म्युजिक भिडिओ सार्वजनिक
यस गीतको म्युजिक भिडिओलाई सर्जक लिला खतिवडाले आफ्नै युट्युव च्यानल लिला खतिवडा बाट सार्वजनिक गरेका छन् ।

२०७६ भदौ २६ बिहीबार, दिउँसो १२:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, ईलाम । सुम्वेक घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण(कोरियामा रहेका लिला खतिवडाको शब्दमा ‘बाँचेकैछु जसो तसो’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएकोको छ ।
संगीतकार निर्मल दियालीको संगीत रहेको यस गीतमा गोपाल रसाइलीले संगीत एरेन्ज गरेका छन् भने यस वर्षको रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा दोस्रो भएका बेनुप छेत्री को स्वर रहेको छ । विशेष गरी माया, प्रेम, विछोड जस्ता भावनात्मक कुराहरुलाई मार्मिक ढंगले समावेश गीतको भिडिओमा ऋचा थापा , सुमन खतिवडा र अमर दिपलाई अभिनय गराइएको छ ।
किर्तिपुरको चोभार साथै दरबार मार्ग क्षेत्रका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडिओमा युवराज वाइवाले भिडियोलाई निर्देशन गरेका छन् भने उत्सब दाहालको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । यस गीतको म्युजिक भिडिओलाई सर्जक लिला खतिवडाले आफ्नै युट्युव च्यानल लिला खतिवडा बाट सार्वजनिक गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…