नेपाल शिक्षक संघका शिक्षकहरु नेकपाको शिक्षक संगठनमा प्रवेश
एक समारोहबीच उनीहरु नेकपामा प्रवेश गरेका हुन् ।

२०७६ भदौ २६ बिहीबार, बिहान ११:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसको भातृ संगठनको रुपमा रहेको नेपाल शिक्षक संघका पदाधिकारीहरु सहित सदस्यहरु समेत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शिक्षक संष्ठनमा प्रवेश गरेका छन् ।
बुधबार नेपाली काँग्रेस निकट भातृ सँगठन नेपाल शिक्षक संघकाका पदाधिकारीहरुले एक कार्यक्रमबीच धनुषाको शहिदनगर नगरपालिकामा अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक संगठनमा प्रवेश गरेका हुन् । संगठनका अध्यक्ष द्वय कृष्ण भिनवार तथा मोहन यादवको सभापतित्व तथा नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको एक समारोहबीच उनीहरु नेकपामा प्रवेश गरेका हुन् ।
नेपाली काँग्रेस निकट रहँदा असुविधा तथा माथिल्लो नेतृत्वबाट नै असहयोग भएको भन्दै पदाधिकारीहरुले नेकपाको शैक्षिक संगठनको रुपमा रहेको अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक संष्ठनमा प्रवेश गरेका हुन् । शिक्षकहरु प्रदीप कुमार शाह, शिक्षक संघका पूर्व कोषाध्यक्ष रमेश कुमार यादव सहित सदस्यहरुमा सुनैना कुमारी यादव , चन्दा कुमारी यादव ,अशोक कुमार यादव ,लक्षमीनिया कुमारी पासवान ,धर्मनाथ यादव ,प्रेम लता शाह ,गुलाब बाबु शाह ,कुमर पन्डित, प्रमोद बिराजी ,चन्द्र मण्डल, युगल यादव, प्रतिमा कुमारी यादव ,जगदेव यादव , लक्षमी दास ,शिवशंकर यादव, बिरेन्द्र कुमार यादव, मधुलता शाह, उचितलाल ठाकुर , बिजय कुमार साह लगायतले नेकपाको शिक्ष्ँक संगठनमा प्रवेश गरेको हो ।
नव आगन्तुक प्रवेशी सदस्यहरुलाई मेयर बरबरियाले अबिर माला लगाएर स्वागत तथा बधाई ज्ञापन गरेका थिए । उक्त नेकपाका विभिन्न नेताहरु सहित जनप्रतिनीधीहरुले समेत नव प्रवेशीहरुलाई नगर शिक्षा समितिका सदस्यहरु सहित उनीहरुले शिक्षा क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै अध्यक्षद्वयद्वारा अबिर तथा खादा ओढाई बधाई तथा धन्यवाद ज्ञापन गरिएको थियो ।
सो समारोहमा अतिथि उप प्रमुख शिला देवी कापर, वडा अध्यक्ष जैसिलाल भिनवार , वडा अध्यक्ष रामएकवाल मण्डल, वडा अध्यक्ष रामदेव मरिक, नेकपा नेता गणहरु लगायत संगठनमा आबद्ध शिक्षक, शिक्षकाहरुको उपस्तिथि रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…