संविधान दिवस गौरवका साथ मनाउँछौं : निधि
मधेशमा संविधान दिवसको दिन ब्ल्याक आउट गर्ने तयारी भइरहेका बेला उपसभापति निधिले नेपाली काँग्रेसले गौरवका साथ संविधान दिवस मनाउने बताएका हुन् ।

२०७६ भदौ २५ बुधबार, बिहान ८:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले आगामी असोज ३ गते हुने संविधान दिवसलाई गौरवका रूपमा मनाउने बताएका छन् ।
मधेशमा संविधान दिवसको दिन ब्ल्याक आउट गर्ने तयारी भइरहेका बेला उपसभापति निधिले नेपाली काँग्रेसले गौरवका साथ संविधान दिवस मनाउने बताएका हुन् । निधिले संविधान दिवस मनाउने र मधेशका मागका सन्दर्भमा संविधान संशोधनको पक्षमा वकालत गरिरहेको बताए ।
राष्ट्रिय जागरण अभियानअन्तर्गत् दोस्रो चरणको कार्यक्रमको मंगलबार जनकपुरधाममा शुभारम्भ गर्दै उनले प्रदेश २ को नाम मिथिला–भोजपुरा हुनुपर्नेसमेत बताएका छन् ।
अन्तरघात र गुटको मनोविज्ञान काँग्रेसको पराजयको कारण भएको बताउँदै उनले काँग्रेस– काँग्रेसबीच सम्पर्क, संवाद र सक्रियता, वैचारिक स्पष्टता, व्यक्तिभन्दा नीति र सिद्धान्तलाई प्राथमिकताको आवश्यकता औल्याए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…