खतराको मुखबाट बचे मधेशका छोरा 'रविराज', अझ भोटको आवश्यकता
मधेशको गौरव र शानको रुपमा उभिएका रविराजलाई भोटको आवश्यकताले सताएको छ ।

२०७६ भदौ २१ शनिबार, राति १०:२० बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । यति बेला मधेशी मूलका रविराज साह नेपाल लोकस्टार साँगितिक शो को लागि अब्बल मानिदै आएपनि भोटको कमीले गर्दा बाहिरिने खतरा बढेको छ ।
नेपालको ठुलो गायन रियलिटी शो नेपाल लोक स्टारको टप ९ मा पुग्न सफल भएपनि खतरा भने झन बढदै गएको छ । मधेशीको शानको रुपमा अहिले काठमान्डुको लोकस्टार साँगतिक टिभी शोमा जमेका रविराजलाई मधेशबाट भोटको कमी भएकोले खतरा बढदै गएको छ । मधेशको उदयमान गायकको रुपमा चिनाउन मधेशबाट अत्यधिक भोटको आवश्यकता महसुस गरिरहेका बेला मधेशले उनलाई सकेजति भोट गर्न सकेको छैनन् ।
सधैं भोटले गर्दा अगाडी देखिदै आएका रविराज यस साता तराई मधेशबाट भोट नै कम पाएका कारण बल्ल टप ९ मा पुग्न सफल भएपनि खतरा भने अहिले कायमै छ । भोली सोमबार नेपाली समय अनुसार मध्यान्ह १२ बजेदेखि खुल्ला हुने भोटिँग प्रक्रियामा मधेशवासीले रविराजको लागि एक एक भोट गरे उनले मधेशको शान स्थापित गर्ने पक्कापक्की छ । मधेशलाई सधैं तल्लो नजरियाबाट देखिएको समयमा मधेशको गौरव र शानको रुपमा उभिएका रविराजलाई भोटको आवश्यकताले सताएको छ ।
रविराजको जीत भनेको मधेशीको जीत हो, वहाँ हाम्रो मधेस बाट भोटिङ कारण यत्रो ठुलो मन्च बाट बाहिरियो भने त्यसको जिम्मेवारी हामी सम्पुर्ण मधेसीको पनि हुनेछ । हाम्रो जिज्ञासा् छ मधेसी दलहरूको ठुला बडा नेताज्युहरु सँग तपाईहरुलाई मधेशको नाममा मधेसी आम जनताको भोट चाहिन्छ तर मधेसको एक सधारण किसानको छोरा रबिराजलाई भोटिङको लागि आर्थिक, नैतिक सहयोग र सद्भाव चाहिदैन ? भनेर मधेशी मूलकै शैलेन्द्र यादवले प्रश्न उठाएका छन् ।
रविराजलाई भोट गर्नको लागि
नेपालका लागि : Type L (space) 01 Send to : 37000
For landline : 166677 And enter voting code : 01
भारतका लागि : Type L (space) 01 Send to : 53010
कतारका लागि : Type L (space) 01 Send to : 92300
साथै, IME Pay App मार्फत् विश्वभरबाट गर्न सकिन्छ ।
उनले फेसबुकमा लेख्दै भनेका छन् - " तपाईहरुको दायित्व हैन ? वहाँको योगदान मधेस प्रति समर्पित गीतहरु सराहनीय रहेको छ । कसैको योगदानलाई न बिर्सौ , यहाँ देश मधेसको प्रतिस्ठा, सान , गौरव को सबाल छ १लोकस्टार जस्तो ठुलो मौलिक रियालिटी मंचमा रबिराजलाई पाएको अबसर हाम्रो मधेसको मौलिकता, पहिचान, भाषा, संस्कृति सङ पनि जोडिएको छ । देश मधेसको सबै युवा, राजनीतिकर्मी, समाजिक अभियन्ता, पत्रकारज्यु र अन्यलाई रबिराज जिताउ अभियानमा भोटिङ, सामाजिक संजालमा शेयर , आर्थिक सहयोग, नैतिक सहयोग एबम सद्भाब गर्न विनम्र आग्रह गर्दछु ।"
प्रदेश नं. २ का सरकारसँग समेत रविराजको भोटिंगको लागि रविराज जिताउ अभियानमा सहयोगको लागि अपिल समेत गरिएको हो । प्रदेश नं. २ कै सर्लाही जिल्ला चन्द्रनगर गाउँपालिका वडा नं. ४ पोखरियाका रविराज नेपाल लोकस्टार जस्तो मँचमा मधेश र मधेशीको पहिचानलाई कायम राख्दै गौरवान्ति गरेको भन्दै उनको लागि मोबाईलबाटै एक भोट गरिदिन आग्रह गरिएको छ । रविराज जिताऔं अभियान सबैको सरोकारको विषय बनेको भन्दै समाजिक सँजालमा युवाहरुले आ आफ्नो तवरबाट पनि भोट गर्दैछन् । देश विदेशबाट रविराजको लागि भोटीँग युवाहरुले भने गरिरहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…