थारु समुदायको 'अटवारी' पर्वमा अन्योलता !
थारु समुदायले मनाउने हरेक पर्वमा एकरुपता ल्याउनु आवश्यक रहेको जानकारी गराए ।

२०७६ भदौ १६ सोमबार, बेलुकी ६:१८ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, कपिलवस्तु । थारु समुदायले परपुर्वकालदेखि मनाउँदै आईरहेको अटवारी पर्व कतै धुमधामका साथ मनाएको छ त कतै अन्योलमा परेको छ ।
अहिले मात्रै नभएर थारु समुदायमा पहिले देखि नै भिन्ता कायमै रहाँदै आएको छ तर एउटै समुदायको एउटै पर्व दुई पटक फरक–फरक दिन उहि पर्व मनाउनु थारु समुदायको लागि विडम्बना रहेको जानकारहरुले बताएका छन् । थारु समुदायमा हरेक बर्ष धुमधामका साथ मनाउँदै आएको अटवारी पर्व बाँके, बर्दिया र दाङ लगायतका पश्चिमका जिल्लाहरुमा भने धुमधामका साथ अटवारी पर्व मनाएका छन् भने ५ नं. प्रदेशकै कपिलवस्तु र रुपन्देही जिल्लामा भने यहि भदौं २२ गते आइतबार मनाउने थारु अगुवाहरुले बताएका छन् ।
प्रदेश नं.५ प्रदेश सरकार मन्त्रीपरिषको बैशाख १२ गतेको बैठको निर्णयले थारु समुदायमा मनाइने अटवारी पर्वको लागि प्रदेश नं. ५ मै दाङ, बाँके र बर्दियामा सार्वजनिक विदा दिँदै गर्दा यता भने कपिलवस्तु र रुपन्देहीका थारु समुदायले भने असन्तुष्टि जनाएका छन् । थारु बहुल्य भएको जिल्लामा नै सार्वजनिक विदा न दिँदा प्रदेश नं. ५ सरकारप्रति कपिलवस्तु र रुपन्देहीको थारु समुदायका अगुवाहरुले असन्तुष्टि जनाएका हुन् ।

थारु समुदायमा एकरुपता न भएर दाङ, बाँके र बर्दिया लगायतका सुदुरपश्चिम प्रदेश सरकारले सार्वजनिक विदा दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले महत्वपूर्ण पर्वहरुमा सार्वजनिक विदा दिने निर्णय गर्ने गर्दछ । यसैबीच अटवारी, कुशे औंसीको पहिलो आइतबार ‘बर्का अटवारी’को रुपमा मानिन्छ भने त्यसपछिको चार आइतबार आंशिक रुपमा छुट्की अट्वारी व्रत बस्ने गर्छन् । यसरी बर्का र छुट्की गरी पाँच आइतबार ‘अटवारी’ व्रत बस्ने थारु समुदायमा पुरानो चलन हो । यसरी ‘पाँच अटवारी’ पछि दशैं आउँछ । अथवा कुशे औंसी र दशैको बीचमा आउने पाँच आइतबारलाई अटवारी मान्न सकिन्छ ।
यसरी पाँच अटवारी व्रत बस्ने चलनले पनि कुशे औंसीको पहिलो आइतबारलाई अटवारी मान्ने चलनको प्रमाण बलियो देखिन्छ । यसरी हेर्दा यस बर्ष कुसे औसी पछिको आइतबार भदौ १५, २२, २९ असोज ५ र १२ गते पर्छ र त्यसपछि दशैं आउँछ । अथवा कुशे औंसी र दशैं बीचको यिनै पाँच वटा आइतबार मात्रै हुन् । त्यसैले पनि यस बर्षको बर्का अट्वारी १५ गते नै हो भन्ने प्रमाणित हुन्छ ।

प्रदेश नं. ५ सरकारले एउटै सरकारमा थारु समुदाय बहुल्य रहेको कपिलवस्तु र रुपन्देही जिल्लालाई सार्वजनिक विदा न दिइएको प्रति आपत्ति जनाउँदै एउटै समुदायको एउटै पर्व दुई पटक मनाउनु र सरकारले दिइएको सेवा सुविधाबाट बन्चित हुनु विडम्बना रहेको थारु कल्याणकारी सभाका केन्द्रिय सदस्य जन्जिर प्रसाद थारुले बताए । उनले अगामी दिनमा यस्ता कमी कमजोरीलाई सुधार गरी थारु समुदायले मनाउने हरेक पर्वमा एकरुपता ल्याउनु आवश्यक रहेको जानकारी गराए ।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…