२ सय ३० लिटर मदिरा धनुषा प्रहरीद्धारा नष्ट
भारतीय सीमासँग नजिक रहेको गाउँ बस्तीहरुमा अवैद्य कारोबार बढी हुने गरेको देखिएको छ ।

२०७६ भदौ १४ शनिबार, राति १०:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीद्धारा शनिबार २ सय ३० लिटर मदिरा नष्ट गरिएको छ ।
समुदाय प्रहरी साझेदरी कार्याक्रम अन्तर्गत शनिबार ३ः३० बजेको समयमा जनकपुरको जिरोमाईलमा उक्त परीमाण बराबरको मदिरा नष्ट गरिएको हो । जिरोमाईल प्रहरी चौकी जनकपुरका कार्यालय प्रमुख प्रहरी नायब नीरिक्षक राम जिवन प्रसाद कुर्मीको कमाण्डमा खटी गएको प्रहरी टोलीले बिभिन्न मिति र स्थानमा चेक जाँचको क्रममा बरामदा गरी ल्याएको मदिरा नष्ट गरिएको हो ।
मदिराको तस्करी सहित अवैद्य रुपमा बनाइएको मदिरा सार्वजनिक सवारी साधनको चेकजाँचको क्रममा बरामद गरिएको मदिरा स्थानीय बुद्धिजीवी, सँचारकर्मी, वडाध्यक्ष, भद्रभलादमी, राजनीतिक दलका प्रतिनीधिहरु र स्थानीय क्लबको रोहबरमा नष्ट गरिएको हो । अवैद्य मदिराको कारोबार धनुषाको पूर्वी भेकमा फस्टाएको छ भने भारतीय सीमासँग नजिक रहेको गाउँ बस्तीहरुमा अवैद्य कारोबार बढी हुने गरेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…