जनताप्रति वफादार रहन नेता कार्यकर्तालाई उपेन्द्र यादवको निर्देशन
सत्तारुढ समाजवादी पार्टीको मधेश प्रदेश समितिको जनकपुरधाममा भएको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो निर्देश गरेका हुन् ।

२०७६ भदौ १४ शनिबार, राति ९:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्ना नेता तथा कार्यकर्तालाई जनताप्रति वफादार भएर अगाडि बढ्न निर्देशन दिएका छन् ।
सत्तारुढ समाजवादी पार्टीको मधेश प्रदेश समितिको जनकपुरधाममा भएको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो निर्देश गरेका हुन् । उनले जनताको ईच्छा र चाहना अनुरुप काम गर्दै अगाडि बढ्न आफ्ना नेता कार्यकर्तालाई आह्वान गरे ।
तत्कालिन संघीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भएर बनेको समाजवादी पार्टीको मधेश प्रदेश अर्थात् प्रदेश २ समितको प्रथम बैठक सनिबार गरिएको हो ।
नेपाल सरकारको उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका अध्यक्ष यादवको प्रमुख आतिथ्यमा भएको बैठकमा वर्तमान राजनीतिक अवस्था र आगामी रनणीतिबारे छलफल गरिएको छ । बैठकले पार्टीको मधेश प्रदेश समितिको प्रचारप्रसार विभाग प्रमुख तथा प्रवक्तामा प्रदेश सचिव दिनेश यादवलाई चयनसमेत गरेको छ ।
समाजवादी पार्टीको मधेश प्रदेश अध्यक्ष एवं प्रदेश २ सरकारको अर्थमन्त्री समेत रहेका विजय यादवको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव, पार्टीका उपाध्यक्ष तथा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत विभिन्न तहका नेताहरुको सहभागिता थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…