युवाहरु पार्टीमा सिमित नरही समाजका लागि अगाडी आउनुस् : राज्यमन्त्री यादव
राज्यमन्त्री यादवले समाजवादी युवा संघ बाराले आयोजना गरेको रक्तदान कार्यक्रमको सराहना गर्दै युवाहरु देश र समाजका लागि अगाडि आउनुपर्ने बताए ।

२०७६ भदौ १४ शनिबार, राति ८:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । सत्तारुद्ध समाजवादी पार्टीको भातृ संगठन समाजवादी युवा संघले रक्तदान कार्यक्रम गरेको छ ।
समाजवादी युवा संघ बाराले कलैयामा रक्तदान कार्यक्रम गरेको हो । समाजवादी युवा संघको आयोजनामा भएको रक्तदान कार्यक्रमको प्रदेश २ सरकारको भूमि, व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री समेत रहेका समाजवादी युवा संघका अध्यक्ष योगेन्द्र राय यादवले गरेका हुन् ।
राज्यमन्त्री यादवले आफै रक्तदान गरी कार्यक्रमको उद्घाटन गरे । उनले युवा संघ बाराले आयोजना गरेको रक्तदान कार्यक्रमको सराहना गर्दै युवाहरु देश र समाजका लागि अगाडि आउनुपर्ने बताए । युवाले आस्था तथा आवद्ध रहेको पार्टीमा मात्रै सिमित नरही समाजका लागि आउन आवश्यक रहेको औल्याए ।
रक्त सञ्चार केन्द्रहरुमा रगतको अभाव भइरहेका बेला समाजवादी युवा संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेको युवा संघका केन्द्रीय सदस्य सुरेन्द्र अधिकारीले जानकारी दिए । रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ युवा संघले रक्तदान कार्यक्रम गरेको हो ।
रक्तदान कार्यक्रममा राज्यमन्त्री यादवसहित समाजवादीका संघीय सांसद रामबाबु यादव, प्रदेश सांसद पारस साह, केन्द्रीय सदस्यद्वय चुमनबाबु केवट, प्रकाश चौगाई, जिल्ला समन्वय समितिका उपसभापति पवन ब्याहुत, सपा जिल्ला अध्यक्ष अजय पटेल, समाजवादी युवा संघका सदस्य ओम यादव, उदय यादव लगायतका सरिक थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…