कमला बचाउको लागि नेकपाको सरकार गम्भिरता पूर्वक लिनुपर्छ : नेता बरबरिया
अभियानीहरुको प्रयासलाई सराहना गर्दै नगरवासीको तर्फबाट पनि सहयोगको प्रतिवद्धता जाहेर गरे ।

२०७६ भदौ १४ शनिबार, बेलुकी ७:१९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपाका दिग्गज नेता एवम् नेकपाका धनुषा जिल्ला ईन्चार्ज योग कुमार बरबरिया (सिनियर) ले कमला बचाउको लागि सरकारलाई ध्यानाकर्षण गराउने बताएका छन् ।
कमला बचाउ अभियान अन्तर्गत प्रत्येक शनिबार हुने जागरण अभियान तथा वृक्षारोपण कार्यको दौरान आज शहिदनगर नगरपालिकाको वडा नं. २ बतराही कमलपुर घाटमा आयोजना गरिएको जागरण कार्यक्रममा सो कुरा बताएका हुन् । शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाको अध्यक्षता एवम् नेकपाका जिल्ला ईन्चार्ज जोग कुमार बरबरियाकै प्रमुख आतिथ्यमा बतराही कमलपुरदेखि रामघाटसम्म ५ सय विरुवा समेत रोपण गरिएको हो ।
उनले भने, यो कमला नदीको आफ्नो ईतिहास छ , जनयुद्ध भुमिगतको बेला चुरे पहाड हुँदै कमला नदी बाटो रोजेको थिए । कमलाले दिएको योग्दानलाई हामीले ऋण चुक्ता गर्न सक्दैनौ तर यसको संरक्षण गरेर केही गुण लगाउन सक्छौं । आफ्नो जनयुद्धकालमा मैले रोजेको, देखेको र नियालको कमला नदी यही हो, यसले सिंचेको किसान, आन्दोलनकारीले यसको बचाउको लागि एक कदम अगाडी चाल्नैपर्छ ।

वन डिविजन धनुषाको कार्यालयबाट सहयोग गरिएको ५०० विरुवा स्थानीयवासी, सुरक्षाकर्मी, अभियानीहरुको सहयोगमा रोपण गरिएको हो । रोपण गरिएको विरुवालाई साहारा दिन तथा सुरक्षाको लागि शहिदनगर नगरपालिकाले निगरानी गर्ने जिम्मेवारी लिएको कमला बचाउ अभियानका सँयोजक एवम् अगुवा विक्रम यादवले बताए । यादवका अनुसार शहिदनगर नगरपालिकाले विरुवा बचाउनको लागि घेराबेराको लागि सहयोग गर्ने भएको छ ।
छिमेकी राष्ट्र भारतका समेत कमला बचाउ अभियानीको उपस्थितिमा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (जुनियर) ले कमला बचाउको अभिप्रायलाई सम्मान गर्दै पर्यावरण बचाउको क्षेत्रको लागि आफू सधैं अग्रसर रहँदै आएको तथा आगामी दिनमा समेत अग्रसरता जारी राख्ने बताउँदै रोपिएको विरुवाको सुरक्षाको जिम्मेवारी लिए । कैयौं ठाउँमा वृक्षारोपण गरिएपनि बचाउको अभावमा वृक्षारोपणको अस्तित्व हरण भएको भन्दै विरुवा बचाउनु पनि ठुलो जिम्मेवारी रहेको जीकिर गरे ।
कमला बचाउ अभियानको लागि नगर परिषद्बाटै बजेट विनियोजन गरेका मेयर बरबरियाले शहिदनगरको भूमिमा पर्ने कमला नदीको सुरक्षाको लागि र आसपासका जनताको सुरक्षाको लागि हरसम्भव प्रयास गर्ने बताए । अभियान अन्तर्गत शहिदनगरको विभिन्न घाटमा वृक्षारोपण तथा अभियान सँचालन गरिएको हो । मेयर बरबरियाले कमला बचाउ अभियानीहरुको प्रयासलाई सराहना गर्दै नगरवासीको तर्फबाट पनि सहयोगको प्रतिवद्धता जाहेर गरे ।
सो कार्यक्रममा विशेष अतिथि एवम प्रदेश नं. २ का बन पर्यटन सचिब नवराज काफ्लेलाई सम्मान समेत गरिएको छ । कमला बचाउ अभियानमा थप उर्जा प्रदान गरेको तथा साकारात्म विचार र सल्लाह सहित विभिन्न तवरले सहयोग गर्ने गरेको भन्दै उनलाई कमला जलाधार संरक्षण अभियानी विक्रम यादव समेतले सम्मान गरेका हुन् । सो कार्यक्रममा भारत बिहारका कमला बचाउ अभियानी रामनाथ सिंह , बिनोद कुमारको समूहको पनि सहभागीता रहेको थियो ।
कार्यक्रममा शहिदनगर नगरपाकिाका कार्यकारी अधिकृत नन्द कुमार झा, बन अधिकृत राजेन्द्र कर्ण, ईप्रका यदुकुहाका प्रहरी ईन्चार्ज दिपकबाबु केसि, जनता एकाई माविका बरिष्ठ शिक्षक प्रदिप साह, शिक्षिका लक्ष्मी महतो, वडा अध्यक्ष तेजिलाल यादव, कमला अभियानी सुरेन्द्र यादव, बिनोद महरा, श्रीप्रसाद यादव, राजकिशोर सल्हैता, बिरेन्द्र यादव लगायत कमला किनारका समाजसेवी बुद्धिजीवी लगायतको सहभागीता रहेको थियो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…