सोचेजति किन रुचाइएन बाहुबली स्टार प्रभासको साहो ?
फिल्मको कहानी कमजोर भएपनि एक्सन दमदार छ । तर, फिल्म विषयवस्तुभन्दा बाहिर गएको समीक्षकहरुले बताएका छन् ।

२०७६ भदौ १४ शनिबार, बेलुकी ६:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो । बाहुबली स्टार प्रभासको फिल्म साहो रिलीज त भयो । तर, दर्शकले यो फिल्म रुचाउन सकेनन् । फिल्मको प्रमोसनताका नै साहोको तुलना बाहुबलीसंग हुँदै आएको थियो ।
तर, साहो बाहुबलीको तुलनामा कमजोर साबित भयो । ३५० करोडको बजेट खर्चिएको यो फिल्मबाट दर्शक निराश भएका छन् । फिल्मको कहानी भुमिगत अपराधिक समूहसंग सम्बन्धित छ ।
फिल्मको कहानी कमजोर भएपनि एक्सन दमदार छ । तर, फिल्ममा एक्सन सिक्वेल र स्पेसल इफेक्ट बढी मात्रामा देखाइएका कारण फिल्म विषयवस्तुभन्दा बाहिर गएको समीक्षकहरुले बताएका छन् । फिल्म हेर्न हलसम्म पुगेका दर्शकलाई यसपटक प्रभासको एक्सन मन नपरको प्रतिक्रिया आउनुको कारण पनि यही नै हो ।
कलाकारको काम राम्रो भए पनि फिल्मको कथावस्तु नै कमजोर हुँदा यतिबेला दर्शकले टुइटरमा फिल्म साहोको मजाक उडाइ रहेका छन् । फिल्म् समीक्षकले पनि फिल्मलाई खासै रुचाएका छैनन् । धेरैले साहोलाई आधा स्टार मात्र दिएका छन् ।
साहोमा प्रभासको साथमा श्रद्धा कपुर, जैकी श्राँफ, महेश मांजरेकर, नील नीतिन मुकेश , मंदिरा बेदी र चैकी पाण्डेको अभिनय छ । यो फिल्मलाई सुजितले निर्देशन गरेका हुन् ।
साहो नर्थ इन्डियामा करिब ४५ सय र तेलंगाना–आंध्रप्रदेशमा २ हजारभन्दा बढी हलमा प्रदर्शनमा छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…