जनमत पार्टीको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्दै
बैठकमा आगामी रणनीतिबारे छलफलसहित समसामायिक राजनीति विषयमा छलफल हुने जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंहले जानकारी दिए ।

२०७६ भदौ १४ शनिबार, दिउँसो २:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने भएको छ ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीको आगामी रणनीतिबारे छलफल गर्न आउँदो १७ गते मंगलबार केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
जनपट पार्टीका अध्यक्ष राउतसहित पार्टीका केन्द्रीय नेताहरुको उपस्थितिमा हुने बैठकमा आगामी रणनीतिबारे छलफलसहित समसामायिक राजनीति विषयमा छलफल हुने जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंहले जानकारी दिए ।
नेपाल सरकारसँग ११ बुुँदे सहमति पश्चात् मूलधारको राजनीतिमा अवतरण गरेका डा. राउतको नेतृत्वको जनमत पार्टीको बैठकमा राजनीतिक एजेण्डा पनि प्रस्तुत गरिने जनाइएको छ ।
नोट : यो समाचारमा यसअघि वीरगञ्जको साट्टा जनकपुर उल्लेख गरिएको थियो, त्यो सच्याइएको छ । भूलको लागि क्षमाप्रार्थी छौं ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…