रेशम चौधरी उपर सरकारले अन्याय गर्यो : मोहन वैद्य
टीकापुर घटना राजनीतिक भएकाले यसको समस्या राजनीतिक तवरबाटै समाधान गर्नुपर्ने धारणा राखेका छन् ।

२०७६ भदौ १४ शनिबार, दिउँसो १:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले रेशम चौधरीलाई मुद्धा लगाउनु गलत भएको बताएका छन् ।
टीकापुरमा सम्पन्न भएको थरुहत सम्मेलनमा सहभागी भएर आएका अध्यक्ष वैद्यले बुटवलमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् । उनले सरकारले रेशम चौधरीमाथि मुद्दा लगाइनु गलत भएको तथा उनीमाथि अन्याय गरेको टिप्पनीसमेत लगाएका छन् ।
टीकापुर घटना राजनीतिक भएकाले यसको समस्या राजनीतिक तवरबाटै समाधान गर्नुपर्ने धारणा राखेका छन् । भदौ ७ गते सम्पन्न भएको थरुहत सम्मेलनबाट सहभागि पछि पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएका वैद्यले थारु सामुदाय सामन्तवादको चेपुवामा पर्दै गर्दा कोही नबोलेको बताए ।
वैद्यले वर्तमान सरकारको काम कारवाही संकास्पद भएको पनि बताए । उनले सरकारको पछिल्ला क्रियाकलापले कम्युनिष्टको बदनामी भएको टिप्पनी गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…