जनकपुरमा प्रहरीले देखाएको दादागिरी चल्दैन : नेता सिँह
प्रहरी उपर विभागीय कारवाहीको प्रक्रिया अगाडी बढाएको जानकारी दिएको छ ।

२०७६ भदौ १३ शुक्रबार, राति ९:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । राष्ट्रिय जनता पार्टी नेपाल बाराका जिल्ला प्रवक्ता अरुण कुमार सिँहले प्रहरीले गरेको दादागिरी अशोभनीय रहेको बताएका छन् ।
जनकपुर जानकी मन्दिरको वरिपरि विभिन्न व्यासाय गरि बसेका नागरिकहरुलाई जानकी मन्दिरका पर्यटन प्रहरीले दिनहु दुख दिने कार्य भइरहेको सुन्दा अच्चम र चित्त दुखेको भन्दै विहिबार स्थानीय जागरुक युवाहरुसित गरेको व्यवहार अपच भएको बताएका छन् । त्यस्ता प्रहरीलाई सम्मानीय प्रहरी संगठनले कारवाहीको प्रक्रिया अगाडी बढाउनुपर्ने माग समेत गरेका छन् ।
प्रबक्ता सिंहले भने, यस्तो कार्य नेपालको प्रहरीबाट हुदैन भन्ने सोचेको थिए, तर केही अनलाईनहरुमा नारियल बेचेर जीवन जिविका चलाइरहेका एक युवक लाई प्रहरीले गाला फुटने गरि झापड हानेको कुरा बाहिर आएको प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यसरी कमाएर आफ्नो दैनिकी चलाउने युवक प्रती नेपाल प्रहरी ले गरेको ज्यादती मा सङ्लग्न प्रहरी कर्मचारीलाई बिभागिये कार्यवाही गरि पीडितको क्षतिपूर्ति सजिलै तवरले अबिलम्ब उपलब्ध गराइ न्यायको अनुभुती दिलाउनु पर्ने माग गर्दछु ।
विहिबार दिउँसो जानकी मन्दिर नजिक नरिवल बेच्ने एक युवकलाई प्रहरीले थप्पड प्रहार गरेका थिए । त्यसको बारेमा बुझेर भिडियो बनाई स्थानीय अगुवा युवा शुशिल कर्णले फेसबुकमा हालेपछि बबाल मच्चेको थियो । त्यसपछि प्रहरीले कर्णलाई बोलाएर हातपात गरेपछि केही बेर जनकपुरको जानकी चोक तनावग्रस्त बनेको थियो । यता, जिल्ला प्रहरी कार्यालय धनुषाले हातपात गर्ने प्रहरी उपर विभागीय कारवाहीको प्रक्रिया अगाडी बढाएको जानकारी दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…