जलेश्वर कारागारमा क्षमताभन्दा बढीे कैदी : निम्तियो भाइरल ज्वरोको प्रकोप
कारागारमा क्षमताभन्दा बढीेले कोचिएर बस्नु पर्दा भाइरल संक्रमणबाट पीडित कैदीबन्दीको संख्या बढ्दै गएको हो ।

२०७६ भदौ १३ शुक्रबार, राति ८:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको जलेश्वर कारागारमा भाइरल ज्वरोको प्रकोप फैलेको छ ।
भाइरल ज्वरोका कारण जलेश्वर कारागारका झण्डै ५० प्रतिशत कैदीबन्दी प्रभावित भएका छन् । आधाभन्दा बढी रुघाखोकी र ज्वरोले ग्रस्त छन् । १३० कैदी क्षमता रहेको जलेश्वर कारागारमा पुरुष ४५६, महिला ४५ र आश्रित ४ गरी ५०५ जना कैदी रहेको जेलर कन्हैया मिश्रले जनाए ।
कारागारमा क्षमताभन्दा बढीेले कोचिएर बस्नु पर्दा भाइरल संक्रमणबाट पीडित कैदीबन्दीको संख्या बढ्दै गएको हो । औषधिको अभाव उपचारमा समस्या बनेको मिश्रले बताए । भाइरलका कारण ज्वरो आउने, जिउ दुख्ने, घाँटी दुख्ने खान मन नलाग्ने लगायतका समस्या देखिने गरेको छ ।
भाइरल ज्वरोबाट बच्न खानपानमा विशेष ध्यान पु¥याउनुपर्ने भन्दै चिकित्सकले बढी मात्रामा झोलीय पदार्थ खान सुझाव दिएका छन् ।
भाइरलले विशेष गरेर बच्चा र वृद्धवृद्धामा बढी खतरा देखिने भएकाले सावधानी र समयमै उपचार गर्न सुझाब दिइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…