मिर्चैया प्रहरी द्वारा अवैध गाँजा खेती नष्ट
गणेश कुमार ठाकुर (शर्मा) सिरहा, १३ पौष । बिशेष सुराकी को आधारमा विभिन् स्थानमा लगाईएको अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई सिरहा प्रहरीले निरन्तरता दिएको छ । ईलाका प्रहरी कार्यालय मिर्चैया र सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाको संयुक्त गस्ति टोलीले मिर्चैया नगरपालिका बडा नं. ११ गधवा र नरहागाउँ-

२०७४ पुस १३ बिहीबार, राति ९:४९ बजे१ मिनेट पढाइ

गणेश कुमार ठाकुर (शर्मा) सिरहा, १३ पौष ।
बिशेष सुराकी को आधारमा विभिन् स्थानमा लगाईएको अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई सिरहा प्रहरीले निरन्तरता दिएको छ । ईलाका प्रहरी कार्यालय मिर्चैया र सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाको संयुक्त गस्ति टोलीले मिर्चैया नगरपालिका बडा नं. ११ गधवा र नरहागाउँ- ३ मा लगाइएको करीब ४ कठ्ठाको अबैध गाजा खेती नष्ट गरेको हो ।
अबैध रुपमा लुकाईछिपाई बडाको बिभिन्न स्थानमा लगाईएको करीब ४ कठ्ठाको ३४ सय अबैध गाँजाका बोट फडानी गरी नष्ट गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक ९डिएसपी० गजुसिद्धि बज्राचार्य बताए ।
गाँजा फडानीका लागी अभियान नै सञ्चालन गरिएकोले विभिन्न ठाउँमा लगाईएका गाँजा खेती नसकिएसम्म फडानी कार्य जारी रहने डिएसपी बज्राचार्यले बताए । गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने उनले वताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…