'रवि तिमी मधेशीको मन अझैसम्म जित्न सफल भएछैनौँ'
रेशम चौधरीले जनताको मत प्राप्त गरि निर्वाचित भएर सांसद भएर पनि अहिला जेल कोचिएका छन् । तैपनि पनि तिमी रमिता हेरेर बस्यौ, एक शब्द बोलेनौ ।
२०७६ भदौ ११ बुधबार, बिहान ९:५९ बजे१ मिनेट पढाइ

आज जति भिड चितवन, काठमाडौं, बिराटनगर र बुटवलमा तिम्रो लागि थियो त्योभन्दा कयौं गुणा बढी भिड मधेसमा हुनेथियो तिम्रो लागि तर दुर्भाग्यवश तिमिले मधेसलाई कहिले बुझ्नै खोजेनौं, यहाँको समस्याहरु बारे कुनै चासो नै राखेनौ, यसैले तिम्रो मुद्दामा पनि मधेसले चासो राखेन्न ।
मधेसका अधिकांश युवाहरु तिम्रो बिरोधमा खडा थिए, तिम्रो विपक्षमा उभिएका थिए । जसरी तिमी पहाडका दुर्गम जिल्लाहरुका मानिसका समस्याहरु आफ्नो कार्यक्रममा प्रस्तुत गर्छौंरगर्थ्यौ त्यस्तै मधेस र मधेसीको समस्यालाई आफ्नो कार्यक्रममा प्रस्तुत गरिदिएको भए भिडको परिभाषा अझै राम्री बुझ्न सक्थ्यौ ।

लु मधेसको कुरा छोड्दिउ ! काठमाडौंमै केही महिना अगाडि एक मधेसी युवक केही तथाकथित नेपालीहरुसँग हेपिएर मर्सिया, धोती, इन्डियन भनेर टाउकोमा रड प्रहार गर्दा पनि तिम्रो कार्यक्रमले कुनै चासो देखाएन । केही वर्ष अगाडि टिकापुर घटनाताका रेशम चौधरीले जनताको मत प्राप्त गरि निर्वाचित भएर सांसद भएर पनि अहिला जेल कोचिएका छ्न र तैपनि पनि तिमी रमिता हेरेर बस्यौ तर एक शब्द बोलेनौ ।
हालै लोकसेवा आयोगले निकालेको असंवैधानिक विज्ञापनमा कयौं पीडितहरुसँग अन्याय भइरहदा किन तिम्रो आँखाले देखेन्न रु किन तिम्रो कानले सुनेन्न रु किन तिम्रो मुखले बोलेन्न ? अनि कसरी तिम्रालागी बोलुन मधेसले ? किन ? र केका लागि ?
आदित्य नेपाल
युवा अभियन्ता
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
आदित्य नेपाल
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…