राजपा संयोजक यादवको सक्रियता : राजनीतिक समितिको बैठक बस्दै
राजपा केन्द्रीय कार्यालय बबरमहलमा यही भदौ १३ गते शुक्रबार र १४ गते शनिवार बैठक बस्ने राजपाले जनाएको छ ।

२०७६ भदौ १० मंगलबार, राति ९:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को राजनीतिक समितिको बैठक बस्ने भएको छ । समसमायिक र पार्टीको आगामी कार्यबारे छलफलका लागि राजनीतिक समितिको बैठक बस्न लागेको हो ।
राजपा केन्द्रीय कार्यालय बबरमहलमा यही भदौ १३ गते शुक्रबार र १४ गते शनिवार बैठक बस्ने राजपाले जनाएको छ । बैठक मध्यान्ह १ बजेदखि सुरु हुनेछ ।
बस्न लागेको बैठकमा राजपा राजनीतिक समितिका पदाधिकारी तथा सचिवालय सदस्यहरुलाई सहभागिताको लागि आह्वान गरिएको छ । राजपाको अध्यक्ष मण्डल संयोजकको जिम्मेवारी राजपा नेता राजकिशोर यादवले पाएपछि पार्टीलाई थप सशक्त र मजबुत बनाउन कम्मर कसेर लागेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…