सरकारबाटै संघीयता र संविधानमाथि खतरा छ : निधि
कम्युनिस्टको शब्दकोषमा संघीयता भन्ने कुरा नरहेको भन्दै उनीहरुले बाध्यतावश अहिलेको प्रणाली स्वीकारेको निधिले बताए ।

२०७६ भदौ ९ सोमबार, बेलुकी ७:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सराकारबाटै संघीयता र लोकतन्त्रमाथि खतरा रहेको बताएका छन् । निधिले केपी ओली नेतृत्वको वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएकोले लोकतन्त्र, संघीयता र संविधानमाथि खतरा बढेको दाबी गरेका छन् ।
सर्लाहीको लालबन्दीमा नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघले आयोजना गरेको प्रदेश २ स्तरीय प्रशिक्षणको उद्घघाटन कार्यक्रममा बोल्दै उपसभापति निधिले झण्डै १८ महिनाको कार्यकालमा अहिलेको सरकारले जनतालाई भलो हुने कुनै काम गरेर देखाउन नसकेको बताए ।
संघीयता र लोकतन्त्रविरोधी गतिविधिबारे जनताले बुझिसकेको भन्दै उनले जनताको आँखामा छारो हाल्ने सरकारको प्रयास अब कुनै हालतमा सफल नहुने जिकिर गरे । कम्युनिस्टको शब्दकोषमा संघीयता भन्ने कुरा नरहेको भन्दै उनीहरुले बाध्यतावश अहिलेको प्रणाली स्वीकारेको निधिले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…