७० वर्षमाथिका वृद्धवृद्धालाई हवाई भाडामा अबदेखि ५० प्रतिशत छुट
पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिकालाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा सोमबार गरेका हुन् ।

२०७६ भदौ ९ सोमबार, बेलुकी ७:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले ७० वर्षभन्दा माथिका वृद्धवृद्धालाई हवाई भाडामा अबदेखि ५० प्रतिशत छुटको व्यवस्था मिलाउने भएको छ ।
पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिकालाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा सोमबार गरेका हुन् । यो प्रबन्ध नेपाल वायुसेवा निगममा तत्काल लागु हुने र निजी क्षेत्रका हवाइसेवा कम्पनीहरुसँग पनि यस बारेमा परामर्श गरी कार्यान्वयन गराउन तत्काल पहल गरिने भएको बताइएको छ ।
मन्त्रालय र मन्त्रालयसँग सम्बन्धित कार्यालयहरूको कार्ययोजना सार्वजनिक गर्न सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलन मन्त्री भट्टराईले यो निर्णयको घोषणा गरेका हुन् ।
मन्त्री भट्टराईले त्रिभुवन विमानस्थलको व्यापक सुधारको कार्ययोजना पनि सार्वजनिक गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…